nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मितेरीले छोटो समयमा नै आर्थिक फड्को मार्न सफल भएकोः– प्रदेशसभा सदस्य मोक्तान

40158426_221262182078652_-1535284723.jpg

मितेरीले छोटो समयमा नै आर्थिक फड्को मार्न सफल भएको प्रदेशसभा सदस्य कुमारी मोक्तानले बताए । इन्द्रसरोवर गाउँपालिका वडा नं ५ मा रहेको श्री मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार सम्पन्न १२ औँ साधारण सभा कार्यक्रममा बाल्दै कार्यक्रमका प्रमुख अतिथि तथा मकवानपुरकी प्रदेश सभा सदस्य कुमारी मोक्तानले यस्तो बताएकी हुन् । उनले सहकारीले ग्रामीण भेगमा रहेर पनि छोटो समयमा नै आर्थिक फड्को मार्न सफल भएको प्रति खुसी व्यक्त गर्दै  सहकारी सम्बन्धि ऐन नियमहरु बन्न ढिलो भए पनि विस्तृत रुपमा अभ्यास, छलफल, परामर्श गरेर चाडै नै सहकारी ऐन नीति नियम बनाएर कार्यान्वयन गर्ने बताए ।
कार्यक्रम मार्फत आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष विष्णु महर्जनले संस्थाको कुल कारोवार ५ करोड ८४ लाख ८१ हजार ४ साय ८६ रुपैँया भएको बताए । साथै आगामी वर्षको लागि भने ७ करोड ९४ लाख ६३ हजार ५ साय ८४ लाख पुर्याउने लक्ष्य रहेको प्रतिवेदन मार्फत बताए । संस्थाको प्रगती प्रतिवेदन भने संस्थाका सचिव बिन्दु विष्टले प्रस्तुत गरेको थियो ।
मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्तलाल लामाको सभाध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा र गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाको विशिष्ट आतिथ्यता रहेको थियो भने इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष धनराज महर्जन, वडा नं ४ का वडाध्यक्ष धनविर स्याङ्तान, संस्थाका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार मधुकर कार्की, जिल्ला बचत तथा ऋण सहकारी संघका उद्धब लामिछानेको अतिथ्यता रहेको थियो ।


साथै कार्यक्रममा बोल्दै प्रमुख अतिथिले विकास निर्माणको गतिलाई तिव्रता दिन महालक्ष्मी खोला–चखेल–देउराली सडकलाई प्रमुख रुपमा हेरेर बजेटिङ भैसकेको बताए ।
कार्यक्रममा बोल्दै सभाध्यक्ष तथा संस्थाका अध्यक्ष शान्तलाल लामाले स्थानिय स्तरको आर्थिक समृद्धिको लागि सहकारी प्रमुख भुमिका बताउँदै हिजोको दिनमा ४÷५ हजार रुपैया ऋण खोज्नलाई पनि अन्यन्त्र जानु पर्ने भएपनि अहिले करडौँको मालिक संस्थाका शेयर सदस्यहरु भएको बताए । उनले भने–“अहिले तरकारी खेती, घरखर्च भनेर ५०÷६० हजार चलाएर सहकारी नहुने बताउँदै अब लगानीको दायरा बढाउनु पर्छ, त्यसको लागि लागि नीति नियम र विधानले दियोभने लघु जलविद्युत र ठुलाठुला जलविद्युत आयोजनाहरुमा पनि लगानी गर्दै जानुपर्छ ।” 
साथै उनले गाउँपालिकाको कार्यालय सम्म आवतजावत गर्न जनताहरुलाई समस्या भएको प्रति मध्य नजर गर्दै गाउँपालिका आवतजावतको लागिसहकारीको व्यवस्थापनमा नै अटो रिक्सा सञ्चालन गर्ने योजना रहेको र सहकारीको आफ्नै भवन निर्माणको लागि ७ रोपनी जग्गा व्यवस्था भैसकेको र निर्माणको कार्य सुरु गर्ने पनि बताए । वि.स.२०६४ साल भाद्र ७ गते स्थापना भएको संस्थाले “सदस्यहरुको आर्थिक सक्षमताका लागि मितेरीमा अबद्धता” भन्ने नारालाई आत्मसात गर्दै आर्थिक कारोवार सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा बाल चेतना समुहका बालबालिकाहरुको साथै स्थानिय लोक गायक राजु लामाको साँस्कृतिक प्रस्तुतिहरु रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg