nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मितेरीको चाैमासिक समीक्षा तथा तरलता ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न

IMG_20181125_090046-1543115776.jpg

उत्तरी मकवानपुरको इन्द्रसरोवर वडा न ५ फाखेलमा अवस्थित मितेरी साकाेसकाे चाैमासिक समीक्षा बैठक तथा तरलता ब्यबस्थापन समन्धि अन्तरक्रिया कार्यक्रम  शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष शान्तलाल लामाकाे सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा ईन्द्रसराेवर गाउँपालिका वडा न.५ का वडाध्यक्ष एवम् लेखा समिति संयाेजक धनराज महर्जनकाे प्रमुख अातिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाको कार्तिक सम्मको तरलता प्रतिशत ४६.४१ प्रतिशत रहेको छ । छलफलले संस्थाको तरलता प्रतिशतलाई आर्थिक वर्षको मसान्त सम्ममा २० प्रतिशतमा झार्ने लक्ष्य रहेको बताए । संस्थाको कार्तिक सम्मको बचत ४ करोड ९५ लाख ९९ हजार ५ सय ९६ रहेको छ । संस्थाको भाका नाघेको ऋण १४% रहे पनि ०७६ को असाढ सम्म ५ % मा झार्ने लक्ष्य रहेको समितिले बताए । कार्तिक सम्मको सेयर पुँजी ७७ लाख २७ हजार ३ सय रुपैयाँ रहेको छ । सहकारीले यस आ.व मा ३ जनालाई सुत्केरी राहत वितरण, १ जनालाई मृत्यु राहत वितरण र आइ.एम.ई. रेमिट सुचारु लगायतका उपलब्धिहरु हाँसिल गरेका छन् ।


कार्यक्रमले तरलता व्यवस्थापन,हायर पर्चेज ऋण, व्याज समायोजन, चौमासिक प्रतिवेदन अनुमोदन र सेयर सदस्यता वृद्धि कार्यक्रम लगायतको प्रस्तावहरु माथी छलफल गरिएको छ ।
 कार्यक्रममा  सहकारी समुहकाे पदाधिकारी, ठुला ऋणी, उप-समिति, लेखा समिति, सन्चालक समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।