nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सक्रिय सहकारी देशकै महिला सहकारीहरु मध्ये उत्कृष्ट भए, यस कारण (हेर्नुहोस्)

43500663_1793767860741258-1566290958.jpg

सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था यस वर्षको सर्वोत्कृष्ट महिला सहकारी घोषित भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको वडा नं ४ फाखेलको पुरण्डीमा रहेको  महिला साकोस मुलुककै महिलाहरुद्वारा सञ्चालित उत्कृष्ट सहकारी संस्थाको रुपमा यस वर्ष कै उत्कृष्ट हुन सफल भएको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले संघको ३२ औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा स्थापना दिवस मनाउँदै सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था यस वर्षको सर्वोत्कृष्ट महिला सहकारी रहेको घोषणा गरेको हो । यस वर्षको सर्वोत्कृष्ट साकोस  भने ललितपुरको कल्याणकारी साकोस घोषणा गरिएको छ ।

मकवानपुरको सक्रिय महिला साकोस सर्वोकृष्ट महिला साकोसको रुपमा घोषण हुनुमा मुख्य त सहकारीमा नीति, विधि र प्राविधिद्वारा बजार ब्यवस्थापन, सामाजिक कार्यक्रमहरु सञ्चालन, वित्तिय व्यवस्थापन, आर्थिक रुपमा अनुशासित, सहकारी विभागद्वारा निर्देशित सूचना परिपत्रको पालना, रणनीतिक व्यवसायिक योजना अनुरुप आफ्नो कारोवार सञ्चालन, पल्सा मापदण्ड अनुरुप वित्तिय व्यवस्थापन, नीति नीयमको पालना, वित्तिय साक्षरता, महिला सशक्तिकरण, उच्चतम प्रविधिको प्रयोग लगायतका क्रियाकलापको कारण रहेको सक्रिय महिला साकोस इन्द्रसरोवरका व्यवस्थापक सविना लामाले बताए । सक्रिय महिला साकोसमा अहिले १ करोड शेयर पूँजी रहेको छ भने कुल पूँजी ८ करोड ५७ लाख रहेको छ । १ हजार ५ सय ४० जना सदस्य रहेको सहकारी मकवानपुर जिल्लाबाट पनि उत्कृष्ट भएको व्यवस्थापक लामाले बताए ।

नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोस समेत घोषणा गरेको छ । जसमा प्रदेश नं १ मा मोरङ्गको सुन्दरपुर साकोस, प्रदेश नं २ मा सर्लाहीको नन्देश्वर महिला साकोस, प्रदेश नं ३ मा मन्थलीको नवजागरण साकोस, गण्डकी प्रदेशमा पोखराको पोखरा रोयल साकोस, प्रदेश नं ५ मा रुपन्देहीको सामूहिक विकास साकोस, कर्णाली प्रदेशमा सुर्खेतको विरेन्द्रनगर साकोस र सुदुरपश्चिम प्रदेशमा वैतडीको जिवनज्योति साकोस उत्कृष्ट हुन सफल भएका छन् ।

जिल्ला संघमा बारा जिल्ला वचत तथा ऋण सहकारी संघ सर्वोत्कृष्ट सहकारी संघको रुपमा घोषणा भएको छ । भने अनुकरणीय उच्चस्तरको प्रविधि प्रयोग साकोसमा नवलपरासीको विकु साकोस र साकोस एकिकरण अभियानमा दोलखाको मिलिजुली साकोस उत्कृष्ट भएका छन् ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg