Tuesday, 1st September, 2026
वि.स.

थाहामा कृषि फर्म, समूह तथा सहकारीका लागि आयो यस्तो सूचना !
वडा नम्बर २, ३ र ६ का इच्छुक कृषि फर्म, कृषक समूह तथा कृषि सहकारीलाई कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्न आग्रह

suchana-1788260266.png

थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८३-०८४ का लागि प्रदेश सरकारबाट सशर्त हस्तान्तरण भएका कृषि विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको छ ।

नगरपालिकाको कृषि विकास शाखाले सूचना जारी गर्दै वडा नम्बर २, ३ र ६ का इच्छुक कृषि फर्म, कृषक समूह तथा कृषि सहकारीलाई कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।

नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार तीनवटा कार्यक्रमका लागि कुल रु ३५ लाख बजेट विनियोजन गरिएको छ ।

कुन कार्यक्रममा कति बजेट

  • सुरक्षित खाद्य उत्पादन क्षेत्र कार्यक्रम, थाहा–६ -रु १० लाख
  • हाइटेक नर्सरी स्थापना, थाहा–२ -रु १० लाख
  • तरकारी बाली प्रवर्द्धनका लागि लागत साझेदारीमा प्लास्टिक घर निर्माण, वडा नं ३ - रु १५ लाख

कार्यक्रमहरू बागमती प्रदेश सरकारको कार्यविधिअनुसार सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

आवश्यक कागजात

प्रस्ताव पेश गर्दा निवेदन लेटरहेडमा, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, कृषक समूहरकृषि सहकारीको बैठक निर्णयको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्र, PAN नम्बरको प्रमाणपत्रको प्रतिलिपि तथा कार्यक्रम सञ्चालनको लागत स्टिमेट पेश गर्नुपर्नेछ।

नगरपालिकाले म्याद नाघी आएका तथा रीत नपुगेका आवेदनलाई कार्यक्रममा समावेश नगरिने स्पष्ट पारेको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif