nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

शिखर सहकारीको साधारणसभा सम्पन्न, विभिन्न व्यक्ति सम्मानित

DSC_4438a-1571220871.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नं ३ शिखरकोटमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाको ९ औँ साधारणसभा सम्पन्न भएको छ । थाहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेश के.सी.को प्रमुख आतिथ्यतामा थाहाको विकासघरमा बुधबार कार्यक्रम भएको हो । 

कार्यक्रम मार्फत सहकारीले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका छन् । सम्मानित हुनेमा समाजसेवी सम्मानबाट अक्कल बहादुर के.सी. सम्मानित भएका छन् । उनलाई शिखर सहकारीमा निशुल्क खाता खोली रु ५ हजारको शेयर समेत प्रदान गरेको कार्यक्रम सञ्चालक मनोज रायमाझीले बताए । यस्तै सम्मानित हुनेमा फरक क्षमता भइ संस्थाका सदस्य समेत रहेका मनलाल गोपाली, फरक क्षमता भएका अनुप विष्ट, उत्कृष्ट वित्तिय कारोवार गर्ने शक्ति कुमार रायमाझी, पार्वती रायमाझी, पार्वती रायमाझी (खैँटे), श्री कृष्ण कार्की, सागर बलामी, तारालाल श्रेष्ठ, च्वाइस नेपालका प्रताप घिमिरे र अरुण रायमाझी रहेका छन् । साथै सभा मार्फत सहकारीले पालुङ बहुमुखी क्याक्पसको शैक्षिक उन्नतीका लागि छात्रबृत्ति स्वरुप क्याम्पसका प्रतिनिधिलाई नगद रु ७ हजार ५ सय प्रदान गरेका छन् ।

कार्यक्रममा बोल्दै सहकारी संघ प्रदेश नं ३ का अध्यक्ष विमल कुमार ढकालले सुखी नेपाली समृद्ध नेपाल बनाउन सहकारी कर्मीहरुको भुमिका महत्वपूर्ण रहने बताए ।

७ लाख ८० हजार रुपैयाँ शेयरबाट स्थापना भएको सहकारीको शेयर वृद्धि भै हाल ७० लाख ७७ हजार ६ सय रुपैया पुगेको छ भने संस्थाको कारोबार यसवर्ष ४ करोड ५६ लाख ४० हजार ५५ रुपैयाँ रहेको संस्थाका अध्यक्ष मधुसुदन विष्टले बताए । सहकारीमा हाल १ हजार २७ जना शेयर सदस्य रहेका छन् । अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष विष्टले सेयर सदस्यहरुलाई आफ्नो शेयर ५० कित्ता बनाउन अनुरोध गरेका छन् । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजेश के.सी.ले नगरिकहरु वर्तमान अवस्थामा एक सेकेन्ड पनि समय दिन तयार नभएको बताए । समाजमा जन्मिए पनि नागरिकले सकारात्मक काम गर्नु गर्ने बताउँदै उनले भने “ आउनुस् सबैजना एकजुट भएर थाहा नगर समृद्धिको लागि हातेमाले गरौँ ।”

शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मधुसुदन विष्टको सभाध्यक्षतामा सञ्चालन भएको सभामा सहकारी संघ प्रदेश नं ३ का अध्यक्ष विमल कुमार ढकालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा च्वाइस नेपालका प्रतिनिधि प्रताप घिमिरे, विभिन्न संघसंस्थाका प्रमुख, सहकारीकर्मी, समाजसेवी तथा सञ्चारकमीहरुको आतिथ्यता रहेको थियो ।


तस्विरः फोटो पत्रकार गणेश प्रसाद विष्ट



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।