nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मितेरी सहकारीको १३ औँ साधारण सभा सम्पन्न , विभिन्न व्यक्ति सम्मानित

68695532_2226065620855395-1566707468.jpg

मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार १३ औँ साधारण सभा सम्पन्न भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं ५ मा रहेको सहकारीले भाद्र ७ गते शनिबार आफ्नो स्थापनाको १३ औं वसन्तमा प्रवेश गरेको अवसरमा स्थापना दिवसका साथै वार्षिक साधारण सभा सप्पन्न गरेको हो । मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्तलाल लामाको सभाध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाको ०७५/७६ को कुल कारोबार ७ करोड ५७ लाख ८५ हजार २ सय ६३ रुपैँया २८ पैसा भएको संस्थाका अध्यक्ष शान्तलाल लामाले बताए । साथै आगामी वर्षको लागि भने ९ करोड ९९ लाख ७६ हजार ५ सय ४६ रुपैँया पुर्याउने संस्थाको लक्ष्य रहेको छ । संस्थाको शेयर पुँजी भने ९३ लाख २२ हजार १ सय रुपैँया रहेको छ भने आगामी लक्ष्य भने १ करोड २३ लाख ५७ हजार १ सय १ रुपैँया पुर्याउने लक्ष्य रहेको छ । संस्थामा ११ सय ३ जना शेयर सदस्य रहेको छ भने आगामी वर्षको लागि १४ सय ५० जना पुर्याउने लक्ष्य रहेको उनले बताए ।


संस्थाले “सदस्यहरुको आर्थिक सक्षमताका लागि मितेरीमा अबद्धता” भन्ने नारालाई आत्मसात गर्दै आर्थिक कारोवार सञ्चालन गरिरहेको छ । साधारण सभाको अवसरमा संस्थाको निर्माणाधीन भवनको लागि आर्थिक सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । प्रारम्भिक चरणमा सहयोग गर्नेहरुमा पासाङ लामा, अमृतमान लामा, सुन्तली लामा र सोमलाल बलामीले क्रमश रु १० हजार, रु  ५ हजार र ५ हजार भन्दा माथिको रकम सहयोग गरेका थिए । उनीहरुलाई संस्थाले दोसल्ला ओढाएर सम्मान गरेको थियो । साथै सहकारीले सभाको अवसरमा सहकारीको कार्यक्षेत्र भित्रका विद्यालय मध्येमै एस.ई.ई.मा सर्वोकृष्ट जि.पि.ए. ल्याउन सफल महाचुनी माद्यामिक विद्यालयका विद्यार्थी रजिना बलामी र कक्षा १२ मा उत्कृष्ट जि.पि.ए. ल्याउने चमेली लामालाई सम्मान गरेको थियो । एस.ई.ई. मा सबैभन्दा बढी जि।पि।ए। ल्याउने विषय शिक्षकमा कालिका मा.वि.का रामकुमार अधिकारीलाई सम्मान गरिएको थियो । 

सहकारीले गत वर्ष झै यस वर्ष पनि जेष्ठ शेयर सदस्यमा ठुलसिं लामा, उत्कृष्ट शेयर खरिदकर्तामा कृष्णजित लामा, उत्कृष्ट बाल बचतकर्तामा बिपिन नगरकोटी, असल ऋणीमा सानुबाबु बस्नेत, उत्कृष्ट बचत समुहमा ग्युनछेन्मो बचत समुह र उत्कृष्ट बचतकर्ता दिपक बललाई सम्मान गरेको छ ।

तस्विरःविष्णु महर्जन

 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।