nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ बहुउद्देश्यीयले मनायो २० औं स्थापना दिवस

IMG_20181225_073212-1545702502.jpg

उत्तरी मकवानपुरमा सहकारीतामा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको पालुङ बहुउदेश्यीय सहकारी संस्थाले २० औं स्थापना दिवस भब्यताका साथ मनाएको छ । थाहा नगरपालिकाका नगरप्रमुख लबशेर विष्टको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीको अध्यक्षतामा सोमबार संस्थाको प्राङ्गणमा कार्यक्रम भएको हो । करिब ७० करोडको कारोवार गर्न सफल भै सकेका संस्थाले आफ्नो स्थापनाको अवस्था देखि हाल सम्म आउनुमा संस्थापक सदस्यहरु र पुर्व कार्यसमितिको योगदानको सम्मान गर्दै संस्थाका अध्यक्ष कार्कीले धन्यवाद दिएका दिए ।
कार्यक्रममा संस्थाको सञ्चालक समितिको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्षले संस्थाले सदस्य सामाजिक भलाइका लागि सहायता कोषको स्थापना, शीत भण्डार, किसान परियोजाना र सहकारी बजार व्यवस्थापनबाट कृषि क्षेत्रबाट आर्थिक बृद्धि, महिला समुहहरुको आर्थिक समृद्धि, संस्थाको बहुउदेश्यीय योजना, सेवाकेन्द्र विस्तार र यस कार्यकाल भित्र सहकारी स्तम्भ सहितको पार्क निर्माण गर्ने कार्ययोजना रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले सहकारीको नीति तथा कार्यक्रम राम्रो रहेको र संस्थाले विगतका दिनहरुमा पनि राम्रो काम गर्दै आईरहेको हुनाले नागरिकको पैसा सुरक्षित हुने ठाउँमा लगानी गर्नका निम्ति सहकार्य गर्न नगरपालिका तयार रहेको बताए ।

विविध कार्यक्रम सम्पन्न
स्थापना दिवसको अवसरमा संस्थाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । सहकारीले आदर्श दम्पती सम्मान, रक्तदान कार्यक्रम, जेष्ठ सदस्य सम्मान, न्यानो झोला वितरण, असहाय अवोध सहयोग र मायाको चिनो प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 
आदर्श दम्पती सम्मान कार्यक्रमबाट थाहा नगरपालिका ५ सानो फाखलका दम्पती द्वय नानीमैया पाख्रीन र मन कुमार पाख्रीन सम्मानित भएका छन् ।

यस्तै जेष्ठ सदस्य सम्मानमा एकाकुमारी अधिकारी, विष्णुमाया श्रेष्ठ, रामजी कार्की, भिमसेन कार्की, टिका प्रसाद पौडेल, हर्षमाया बलामी र सानो होमनाथ ढकाल सम्मानित भएकाछन् ।

साथै संस्थाले सुरक्षित मातृत्वलाई बढवा दिनका लागि न्यानो झोला वितरण कार्यक्रम विगत देखि नै गर्दै आएको छ । जस अन्तर्गत रियाज विष्टका आमा सावित्री विष्टलाई न्यानो झोला वितरण गरिएको छ । यस्तै असाहाय अवोध सहयोग कार्यक्रम मार्फत सुशान्त विष्टलाइ नगद १५ हजार सहयोग प्रदान गरिएको छ ।


कार्यक्रमका माझमा सञ्चालन गरिएको रक्तदान कार्यक्रम मार्फत ४३ जनाले रक्तदान गरेको छ ।

कार्यक्रममा निवर्तमान पदाधिकारी, अतिथि तथा नयाँ पदाधिकारीलाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।