nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रोवेसन मध्य तराइ क्लस्टर दोस्रो अन्तरगर ७ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यक्रम सम्पन्न

पूर्ण तथा व्यवसायिक साकोस बिकास कार्यक्रम (प्रोवेसन) मध्य तराइ क्लस्टर अन्तरगत आवद्द भएका बचत तथा ऋण सहकारी संस्थाहरूको सातौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यक्रम इन्द्रसरोवर १ मार्खुमा सम्पन्न भएको छ । कार्यक्रम सिर्जना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इन्द्रसरोवर १ मार्खुको आयोजना र नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेफ्स्कूनको प्रविधिक सहयोगमा   सञ्चालन भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इन्द्रसरोवर १ नं वडाका वडा अध्यक्ष जमानसिंह वाइवाले आर्थिक उन्नतीका लागि सहकारीको भूमिका अपरिहार्य रहेको र स्थानीय तहले सहकारीहरूको बिकासमा सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

प्रोवेसन मध्यतराइ क्लस्टर दोस्रो अन्तरगत मकवानपुर जिल्लाका विभिन्न ११ वटा बचत तथा ऋण सहकारी संस्थाहरू आवद्ध रहेका छ्न् । हरेक  ३/३ महिनामा क्लस्टरको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशालाको आयोजना गरी आवद्ध भएका सदस्य सहकारीहरूले सो अवधीमा भए गरेका गतिविधिलाई प्रस्तुत गर्दै आएको मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक सरोज थापा मगरले बताए ।  यस क्लस्टर अन्तरगत मितेरी साकोस इन्द्रसरोवर ५ फाखेल , मनहरी साकोस मनहरी, दिव्यज्योती महिला साकोस मनहरी, सृजना महिला साकोस इन्द्रसरोवर १ मार्खु, महिला जागृती साकोस भिमफेदी ६ , महिला एकता साकोस भिमफेदी २ भैसे, महिला आवाज साकोस मकवानपुर गढी , संजिवनी साकोस हेटौंडा ५ पिप्ले, साइराम साकोस हेटौडा ४ संगम चोक, बज्रबाराही साकोस थाहा ६ र परिवर्तन महिला साकोस हेटौंडा , बसामाडी रहेका छन् । यस किसिमको कार्यक्रम क्लस्टरमा आवद्ध भएका सदस्य सहकारीले हरेक तीन तीन महिनाको अन्तरालमा पालैपालो गर्दै आएको सिर्जना महिला बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक सुनिता बिष्टले जानकारी दिए।
कार्यक्रम सिर्जना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड मार्खुका अध्यक्ष बिमला श्रेष्ठको सभाध्यक्षतामा नेफ्स्कुनका कार्यक्रम अधिकृत सन्दिपराज ढकालको सहजीकरणमा भएको हो । सहकारीका उपाध्यक्ष सुभद्रा लामाले स्वागत मन्तव्य र पूर्व सञ्चालक समितिका अध्यक्ष कान्छी गोले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg