Monday, 7th September, 2026
वि.स.

कुण्डलदेवी बहुउद्देश्यीय सहकारि संस्थाको २० औं साधारण सभा सम्पन्न

kundaldevi-1610169703.jpg

 

थाहा नगरपालिकाकाे शिखरकोटमा मुख्य र दामनमा शाखा कायार्लय रहेकाे कुण्डलदेवि बहुउद्देश्यीय सहकारि संस्थाको २० औं साधारण सभा सम्पन्न भएको छ ।

 कोभिड १९ लाई मध्यनजर गर्दै सहकारि ऐन तथा निर्देशिकालाई पालना गर्दै भौतिक दुरिमा कार्यक्रम सञ्चालन गर्नुपर्ने विषम परिस्थितिलाई मध्यनजर गर्दै पुष१४ बाट २४ गते सम्म सस्थाकै कार्यलयमा उचित राय सल्लाह सुक्षाब सहितको हस्ताक्षर अभियान सन्चालन गरि शुक्रबार अध्यक्ष,सचिब र कोषाध्यक्षको प्रतिबेदन सहित हस्ताक्षण प्रमाणिकरणका साथमा कार्यक्रम सम्पन्न भएको हो।

संस्थाको असल बचत कर्ता तथा जेष्ठ नागरिग मानबहादुर भोम्जनको आतित्थता र संस्थाको अध्यक्ष शिव कुमार खत्रिको अध्यक्षतामा संचालन भएको थियो कार्यक्रममा संस्थाले असल बचत कर्ता तथा जेष्ठ नागरिक सम्मान स्वरुप रमेश रायमाझि र मान सिह भोम्जनलाई दोसल्ला ओढाई सम्मान गरेको छ ।

सस्थाको सेयर पुजी ६४ लाख, लगानि २ करोड ६० ,निक्षेप १करोड ७० लाख रहेको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०