nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा सहकारी दिवस मनाइयो

IMG_20180403_083825-1522908877.jpg

छलफल कार्यक्रम गरि थाहामा ६१ औं राष्ट्रिय सहकारी दिवस २०७४ मनाइएको छ । थाहा नगरपालिकाको सक्रिय सहकारीको रुपमा रहेको पालुङ बहुदेश्यिय सहकारी सङ्स्था लिमिटेडले थाहा नगरपालिका भित्र भएका विभिन्न सहकारीहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा सहकारी दिवस मनाएको हो । 


थाहा नगरपालिकाका नगर प्रमुख लबसेर बिष्टको प्रमुख आतिथ्यतामा सन्चालन भएको कार्यक्रममा कार्यकारी अधिकृत हरिलाल पुरिको बिशेष आतिथ्यता रहेको थियो । संस्थाका राम प्रसाद ढकालले सन्चालन गरेको कार्यक्रममा बिषय प्रबेश गर्दै संस्थाका अध्यक्ष बिमल कुमार ढकालले दिगो बिकासका लक्ष्य प्राप्तीका लागी सहकारी भन्ने नाराका साथमा सहकारीले गर्नु पर्ने कार्यक्रमहरुको बिषय र गर्न सक्ने बिबिध बिषयहरुमाथी प्रष्ट पारेका थिए । उनले गरिबी अन्त्य, स्वास्थ्य समुन्नत समाज, गुणस्तरीय शिक्षा, लैङ्िगक समानता,स्वच्छ पानी तथा सरसफाइ, स्वच्छ उर्जामा सहज पहुँच, मर्या्दित रोजगार तथा आर्थिक वृद्धि, उद्योग, पुर्वाधार र नबिन शृजना, असमानता न्यूनीकरण, दोगो शहर र समुदायहरु, जिम्मेवारीपुर्ण उपभोग तथा उत्पादन, जलवायु परिवर्तनमा तत्काल पहल, जलमुनीको जैबिक बिबिधताको संरक्षण, शान्ती, न्याय र सशक्त निकाय र लक्ष्य प्राप्तिको लागी साझेदारी लगायतका १७ वटा लक्ष्यहरुको प्राप्तिको बिषयमा सहकारी संस्थाहरुले गतिविधिहरु केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै गौतम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उर्मिला भट्टले सहकारी संस्था सन्चालन गर्ने सन्चालकहरुलाई समस्या रहेको बताए । उनले सन्चालक र शेयर सदस्यहरुबिच सकारात्मक सम्बन्ध हुनु अत्यावश्यक रहेको र जसले गर्दा रकम आशुलिमा सहयोग, कारोबारमा पार्द्िशता र स्पष्टता हुने बताए ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै साना किसान सहकारीका अध्यक्ष महेश्वर सुबेदीले सहकारीहरुमा बिकृतीका बिभिन्न गतिविधि भएको अवगत गराउदै अब सहकारीको पुजी बाहिर जान नदिन थाहालाइ पर्यटकीय रुपमा बिकास गर्न रिसोर्टहरु सन्चालन गरी रोजगारी वृद्धि र पर्यटन प्रबर्द्धन गर्न सक्ने र जसका लागी सहकारीहरुमा पुजीको आभब पनि नरहेको बताए । 


कार्यक्रमका बिशिस्ट अतिथी थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरिले नगरपालिकाले आयोजना गर्नु पर्ने कार्यक्रम सहकारी संस्थाले नै गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले भबी दिनमा सहकारीको बिस्तार गर्नका लागी नगरपालिकाले बिशेष बजेट बिनियोजन गर्ने बताए । सहकारीहरुलाइ नियन्त्रण मा कडा गर्नु पर्ने र केहि खुकुलो पनि गर्नु पर्ने अनुभव भएको बताए । प्रमुख अतिथी लबसेर बिष्टले आर्थिक बिकासको निमित्त सहकारीको बिशेष महत्व रहने बताए ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg