Dashai-Thaha-Nagar-1728205351.gif
Saturday, 12th October, 2024
वि.स.

हेटाैंडामा स्काउटरलाई एड्भान्स स्कार्फ (फाेटाे फिचरसहित)

FB_IMG_1726766565146-1726767755.jpg

नेपाल स्काउटको एड्भान्स तालिम लिई चौथो चरणको प्रक्रिया पूरा गर्न सफल स्काउटरहरुलाई हेटाैँडामा आयोजित एक कार्यक्रमबीच स्कार्फबाट सुशाेभन गरिएकाे छ ।  स्काउटरहरु  डेमिज थापा, सुमित्रा लामा, शर्मिला ढकाल, शारदा मैनाली, शान्ता घलान र सिता भ्लोनलाई सपथसहित राष्ट्रिय प्रशिक्षक बेली थापाले एड्भान्स स्कार्फले शुसोभन गरेकी हुन् । 

नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका स्थानीय कार्यकारी समितिले ३ असाेजमा आयोजना गरेकाे  दशैं, तिहार छठकाे शुुभकामना आदनप्रदान तथा एड्भान्स स्कार्फ शुुसोभन कार्यक्रममा उनीहरुलाई स्कार्फबाट सुशाेभन गरिएकाे  हाे । 

स्थानीय स्काउट हेटाैंडाका प्रमुख  आयुक्त अनिल आचार्यको सभाध्यक्षता तथा राष्ट्रिय प्रशिक्षक  बेली थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे ।

कार्यक्रममा  स्काउट युवा कार्यक्रमको नीति तथा नेपाल स्काउटको तोकिएको पाठ्यक्रम बाहिर रही स्काउट ईकाई संचालन गर्ने विधालयलाई स्काउट अनलाईन पोर्टलमा दर्ता गरी आवश्यक मापदण्ड पुर्याउने र विधालय अनुुगमन गर्ने नेपाल स्काउटको राष्ट्रिय परिषद् सदस्य विशिष्ट अतिथि अशोक सारु मगरले बताए । 

संघीय संरचनामा गएपछि नेपाल स्काउटको जिल्ला संरचना विघठित भई निर्वाचित स्थानीय पालिका समिति आएर जिम्मेवार बहन गरी कार्य गर्दे आएकोमा स्थानीय स्काउट कार्यालयले विभिन्न कार्यक्रममा बारम्बार निमन्त्रणा गरे पनि कार्यक्रममा सहभागी नहुनु , मनलाग्दी स्काउट युनिफर्म सामग्री बिक्री वितरण गर्नु र तत्कालिन नगर स्काउट तदर्थ समितिले औपचारिक रुपमा हरहिसाबको हस्तान्तरण नगर्नु असल स्काउट हुन नसक्ने भन्दै प्रमुख अतिथि थापाले  सहमति, सहकार्य गरी सबै विधालयमा एकरुपता कायम हुनेगरी स्काउट कक्षा गर्न आग्रह गरिन् । उनले  परिमार्जित स्काउट पाठ्यक्रम भन्दा बाहिर बसेर स्काउट संचालन गर्नु गलत स्काउटिङ शिक्षा हुने स्पष्ट पारिन् । 

कार्यक्रममा  पूर्व जिल्ला सदस्य कृष्णमाया लटौला, राष्ट्रिय सहायक प्रशिक्षक लक्ष्मी थापा, पूूण्यशिला श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, अप्सरा पण्डित, हिमलाल वाग्ले लगायतले शुुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा विभिन्न विधालयका स्काउटर, शिक्षक तथा पेन्गोलिन ओपन क्र्यूू र मनहरी ओपन क्र्यूूका रोभर रेन्जरको सहभागीता रहेको थियो ।
नेपाल स्काउटको सन् २०३२ सम्म सात लाख

स्काउट संख्या पुर्याउने लक्ष्यअनुरुप हेटौंडा उपमहानगरपालिकाभित्र २७ वटा विधालयमा स्काउट  शिक्षा कार्यक्रम संचालन भइरहेकाे छ ।