Tuesday, 25th August, 2026
वि.स.

डिप्रोक्स लघुवित्तमा ५० सहायक प्रशिक्षार्थी माग, एसईई उत्तीर्णले आवेदन दिन सक्ने
प्रशिक्षण अवधिमा संस्थाको नियमानुसार पारिश्रमिक उपलब्ध गराइने, प्रशिक्षणपछि स्थायी सेवामा प्रवेशका लागि खुला प्रतियोगिता परीक्षा सञ्चालन हुने

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० जना सहायक प्रशिक्षार्थी माग गरेको छ।

संस्थाले ५ भदौ २०८३ मा प्रकाशित गरेको सूचनाअनुसार ग्रामीण क्षेत्रमा काम गर्न इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदन सूचना प्रकाशित भएको १५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय सीतापाइला, काठमाडौं वा इमेलमार्फत बुझाउनुपर्नेछ।

सहायक प्रशिक्षार्थी पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम एसईई वा सोसरह उत्तीर्ण भएको हुनुपर्नेछ। कक्षा १२ वा सोसरह उत्तीर्ण उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ। नेपालबाहिरबाट प्राप्त शैक्षिक योग्यताको हकमा समकक्षता प्रमाणपत्रसमेत पेश गर्नुपर्नेछ।

कम्प्युटरसम्बन्धी दक्षता तथा मोटरसाइकल चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पूरा भई ३४ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाको हकमा अधिकतम उमेर ३९ वर्ष तोकिएको छ।

छनोट भएका उम्मेदवारले संस्थाको शाखा कार्यालयमा बढीमा ७ दिन फिल्ड अवधारणा कार्य गर्नुपर्नेछ। फिल्ड अवधारणाका लागि कुनै पारिश्रमिक उपलब्ध नहुने र तोकिएको प्रतिवेदन पेश नगर्ने उम्मेदवारलाई अन्तरवार्तामा सहभागी नगराइने संस्थाले जनाएको छ।

फिल्ड अवधारणापछि उपयुक्त ठहरिएका उम्मेदवारलाई अन्तरवार्तामा सहभागी गराइनेछ। अन्तरवार्तामा उत्तीर्ण उम्मेदवारलाई सहायक प्रशिक्षार्थीका रूपमा प्रशिक्षणमा छनोट गरिनेछ। प्रशिक्षण अवधिमा संस्थाको नियमानुसार पारिश्रमिक उपलब्ध गराइनेछ।

प्रशिक्षणपछि स्थायी सेवामा प्रवेशका लागि खुला प्रतियोगिता परीक्षा सञ्चालन हुनेछ। लिखित, मौखिक तथा आवश्यक प्रयोगात्मक परीक्षा उत्तीर्ण गर्ने प्रशिक्षार्थीलाई संस्थाको नियमानुसार कनिष्ठ कार्यक्रम सहायक पदमा परीक्षणकालका लागि नियुक्त गरिनेछ।

दरखास्त फाराम संस्थाको वेबसाइटबाट डाउनलोड गरी भर्न सकिनेछ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif