Saturday, 19th September, 2026
वि.स.

थाहा नगरपालिकाका उद्यमीलाई लक्षित गरी तरकारी ड्रायर प्रविधि हस्तान्तरण कार्यक्रम: आवेदन खुला

20260918_134921_0000-1789718994.png

मकवानपुरको थाहा नगरपालिका वडा नं. २ मा सञ्चालनमा रहेका कृषि तथा तरकारीजन्य उद्योगहरूलाई लक्षित गर्दै प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन हुने भएको छ। बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, मकवानपुरले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार थाहा-२ मा सञ्चालनमा रहेका उद्योगहरूका लागि रु. ५ लाख बजेटसहित तरकारी ड्रायर प्रविधि हस्तान्तरण गर्न ३० दिने प्रस्ताव आह्वान गरेको हो।

​प्रविधि हस्तान्तरण कार्यविधि, २०८१ बमोजिम लागत साझेदारीमा मेशिन, औजार तथा उपकरण उपलब्ध गराइने यस कार्यक्रमका लागि इच्छुक उद्यमीहरूले आगामी ३० असाेजभित्र कार्यालय समयमा आवश्यक कागजातसहित रीतपूर्वक निवेदन पेश गर्नुपर्नेछ।

थाहा नगरका साथै जिल्लाभरका अन्य लघु, घरेलु तथा साना उद्योगहरूका लागि समेत रु. १९ लाख बजेटसहित मागमा आधारित प्रविधि हस्तान्तरण खुला गरिएको छ।
​थाहाका उद्यमीका लागि मुख्य अवसर
• ​लक्षित क्षेत्र: थाहा नगरपालिका वडा नं. २ मा सञ्चालनमा रहेका उद्योगहरू

• ​कार्यक्रम: तरकारी ड्रायर सम्बन्धी प्रविधि (मेशिन/उपकरण) हस्तान्तरण

• ​विनियोजित बजेट: रु. ५ लाख मात्र

• ​साझेदारीको ढाँचा: प्रविधि हस्तान्तरण कार्यविधि, २०८१ को अनुसूची-१ बमोजिम कार्यालय र उद्यमीबीच लागत साझेदारी

​आवेदनका मुख्य शर्त तथा योग्यता
• ​अनुदान नलिएको हुनुपर्ने: विगत कम्तीमा तीन वर्षयता तीनै तहका सरकारबाट कुनै पनि प्रविधि हस्तान्तरण वा अनुदान नलिएको हुनुपर्नेछ (सिफारिस वा स्वघोषणा अनिवार्य)।

• ​सीपमूलक तालिमप्राप्तलाई प्राथमिकता: सरकारी निकायबाट सीपमूलक तालिम लिएर उद्योग सञ्चालन गरिरहेका उद्यमीलाई छनोट प्रक्रियामा प्राथमिकता दिइनेछ।

• ​आवश्यक प्रक्रिया: निवेदन दस्तुरबापत रु. १०० राष्ट्रिय वाणिज्य बैंक मकवानपुरको खाता नं. १०००२०००१०००० (राजस्व शीर्षक नं. १४२२९) मा जम्मा गरी सक्कल भौचर, वडाको सिफारिस, कर चुक्ता, उद्योग दर्ता प्रमाणपत्र, र मेशिनको स्पेशिफिकेशन/क्याटलगसहित प्रस्ताव पेश गर्नुपर्नेछ।

​आवेदन फाराम कार्यालय वा आधिकारिक वेबसाइट (csiomakawanpur.gov.np) बाट प्राप्त गर्न सकिनेछ। प्राप्त प्रस्तावहरूको स्थलगत निरीक्षण तथा मूल्याङ्कन गरेर मात्र अन्तिम निर्णय गरिने कार्यालयले जनाएको छ। 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif