Monday, 17th August, 2026
वि.स.

आरोग्य पर्यटन तालिमका लागि दरखास्त आह्वान

772270601_107053248876647-1786947878.png

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान रविभवनले आरोग्य पर्यटन तालिमका लागि आवेदन खुलाएको छ। राष्ट्रिय आरोग्य पर्यटन रणनीति २०८३ को सफल कार्यान्वयन गर्दै यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले दरखास्त आह्वान गरेको हो। 

प्रतिष्ठानले आगामी ३० भदौदेखि सञ्चालन हुने गरी दुई विषयमा ३/३ महिनाको तालिम सञ्चालन गर्न लागेको छ।

तालिमसम्बन्धी विवरण

१. योग आरोग्य पर्यटन तालिम (Yoga wellness Tourism traning)

अवधि : ३ महिना

कोटा: ४४ जना

शुल्क: रु‍‌. ४८,०००/- (प्रयोगात्मक कक्षा र Field visit सहित)

२. ध्यान र आध्यात्मिक पर्यटन तालिम (Meditation & spiritul Tourism training)

अवधि: ३ महिना

कोटा: ४४ जना शुल्क: रु. ४८,०००/- (प्रयोगात्मक कक्षा र Field visit सहित)

योग्यता तथा आवेदन प्रक्रिया:

तालिममा सहभागी हुनका लागि कम्तीमा एसईई (SEE)  वा सोसरह उत्तीर्ण भई नेपाली र अङ्ग्रेजी भाषामा आधारभूत सञ्चार क्षमता भएको तथा सम्बन्धित क्षेत्रमा रुचि भएको हुनुपर्नेछ।

इच्छुक आवेदकले १२ भदौभित्र दरखास्त फाराम भरिसक्नुपर्नेछ। फाराम दस्तुर रु। १,०००/- परिसरभित्र रहेको सिटिजन्स बैंकको Extension Counter मा बुझाई सोको भौचर, हालसालै खिचेको १ प्रति पासपोर्ट साइजको फोटो, नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरू संलग्न गरी आवेदन दिनुपर्नेछ ।

आवेदन फाराम आधिकारिक वेबसाइट www.nathm.gov.np बाट पनि डाउनलोड गर्न सकिनेछ। आवेदकहरूको छनोट अन्तर्वार्तामार्फत गरिनेछ भने सम्पर्क मिति भदौ १५ गते अपराह्न २ बजेपछि तोकिएको छ। प्रत्येक तालिममा कम्तीमा १५ जना आवेदक भएमा मात्र कक्षा सञ्चालन गरिने जनाएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif