Tuesday, 15th September, 2026
वि.स.

कैलाश गाउँपालिकामा विभिन्न पदका लागि कर्मचारी माग

Untitled-design-(16)-1789467550.png

मकवानपुरको कैलाश गाउँपालिकाले विभिन्न प्राविधिक तथा प्रशासनिक पदहरूमा करार सेवामा पदपूर्तिका लागि पुनः दरखास्त आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, कालिकटारले  २९ भदौमा दोस्रो पटक सूचना जारी गर्दै रिक्त पदहरूमा दरखास्त आह्वान गरेको हो।

गाउँपालिकाका अनुसार यसअघि प्रकाशित सूचना बमोजिम पदपूर्ति हुन नसकेका पदहरूमा दोस्रो पटक सूचना प्रकाशन गरिएको हो। योग्य नेपाली नागरिकहरूले  ०५ असोज सोमबारसम्म आवेदन दिन सक्नेछन्।

माग गरिएका पद तथा आवश्यक न्यूनतम योग्यता:
मेडिकल अधिकृत (आठौं तह) – १ जना

योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट MBBS उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिल (NMC) मा दर्ता भएको।

जनस्वास्थ्य अधिकृत (सातौं तह) – १ जना

योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट Public Health मा स्नातक तह (BPH) उत्तीर्ण गरी नेपाल हेल्थ प्रोफेसनल काउन्सिल (NHPC) मा दर्ता वा नवीकरण भएको।

कृषि स्नातक (छैटौं तह) – १ जना

योग्यता: मान्यता प्राप्त विश्वविद्यालय वा अन्तर्गतका क्याम्पसबाट कृषि विषयमा स्नातक उत्तीर्ण।

मनोसामाजिक परामर्शकर्ता (पाँचौं तह) – १ जना

योग्यता: एच.ए., स्टाफ नर्स वा पब्लिक हेल्थ/नर्सिङ/मनोविज्ञान/समाजशास्त्र/सोसियल वर्क वा स्वास्थ्य शिक्षामा स्नातक उत्तीर्ण अथवा काउन्सिलिङमा पोष्ट ग्राजुएट डिप्लोमा उत्तीर्ण।

(राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट ६ महिने तालिम प्राप्तलाई विशेष प्राथमिकता तथा कम्प्युटर सम्बन्धी ज्ञान भएको।)

खा.पा.स.टे. (चौथो तह - इन्जिनियरिङ) – १ जना

योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट SLC/SEE वा सोसरह उत्तीर्ण गरी खानेपानी तथा सरसफाइ विषयमा तालिम प्राप्त।

रिटर्नी स्वयंसेवक (श्रेणीविहीन) – १ जना

योग्यता: न्यूनतम कक्षा ८ उत्तीर्ण, वैदेशिक रोजगारी (खाडी मुलुक र मलेसिया) मा गई कम्तिमा १ वर्ष काम गरेको अनुभव भएको।

(सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरेकालाई प्राथमिकता।)

थप विवरण:
उमेरको हद: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको। (मेडिकल अधिकृतको हकमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको)।

दरखास्त दस्तुर:

  • आठौं, सातौं र छैटौं तह: रु. १,०००/-
  • पाँचौं तह: रु. ७००/-
  • चौथो तह: रु. ५००/-
  • श्रेणीविहीन तह: रु. ३००/-

(सानिमा बैंक कैलाश शाखामा रहेको गाउँपालिकाको आन्तरिक राजस्व खाता नं. ०६५०१००२००००००२ मा वा गाउँपालिकाको राजस्व शाखामा जम्मा गर्नुपर्ने)

दरखास्त बुझाउने अन्तिम मिति: २०८३ असोज ०५ गते सोमबारसम्म।

दरखास्त बुझाउने स्थान: कैलाश गाउँपालिकाको कार्यालय, कालिकटार वा इमेलमार्फत: kailashrmadm@gmail.com / info@kailashmun.gov.np

परीक्षाको किसिम: प्रारम्भिक योग्यता सूची प्रकाशन, लिखित र अन्तर्वार्ता।

दरखास्त फाराम गाउँपालिकाको वेबसाइट https://kailashmun.gov.np को विद्युतीय सुशासन सेवा अन्तर्गत 'नमुना फारम' बाट डाउनलोड गर्न सकिनेछ। थप जानकारीका लागि फोन नम्बर ९८४५२९३४५९, ९८४५०६९२२३ वा ९८६४०३४६२९ मा सम्पर्क गर्न सकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर जोशीद्वारा जारी सूचनामा उल्लेख छ।

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif