Wednesday, 16th September, 2026
वि.स.

थाहानगरका २० सहित मकवानपुरका ६२ जना अझै सम्पर्कविहीन

रसुवा-बाढ-1789556197.jpg

रसुवाको भोटेकोशीमा १० भदौमा  आएको बाढीपछि मकवानपुरका ६२ जना अझै सम्पर्कविहीन रहेका छन् । तीमध्ये थाहा नगरपालिकाका मात्रै २० जना रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रशासनका अनुसार सम्पर्कविहीन हुनेमा हेटौंडा उपमहानगरपालिकाका २२ जना, मनहरीका चार, बकैयाका तीन तथा भीमफेदी, मकवानपुरगढी, कैलाश र राक्सिराङका दुईरदुई जना छन् । थप छ जनाको ठेगाना खुलेको छैन ।

थाहानगरबाट सम्पर्कविहीन हुनेमा रामेश्वर लामा, सूर्य गोपाली, सोनम गोले, विजय बलामी, हीरा लामा, सुदीप कार्की, सबिन लो, लालबहादुर लामा, प्रशान्त कार्की, राजु बल, कृष्ण थिङ, रेलबहादुर अधिकारी, रञ्जन अधिकारी, सुदीप वाइबा, राजु तामाङ, भुवन लामिछाने, टीकालाल लामा, प्रदीप बर्तौला, सोमलाल गोले र वुद्धिमान स्याङ्तान रहेका छन् ।

बाढीमा हराएका व्यक्तिको खोजी तथा उद्धारका क्रममा हालसम्म मकवानपुरका ४७ जनाको उद्धार गरिएको प्रशासनले जनाएको छ । बाढीमा परी मकवानपुरका पाँच जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

सम्पर्कविहीन व्यक्तिको खोजी तथा पहिचानका लागि प्रशासनले आफन्तबाट आवश्यक विवरण तथा नमुना संकलन गर्ने कामसमेत अघि बढाएको जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif