Tuesday, 25th August, 2026
वि.स.

निःशुल्क प्राविधिक तालिम, खाना–बास र मासिक १० हजार भत्ता
सिकर्मी तथा सटरिङ र डकर्मी, प्लम्बर तथा स्टिल फिक्सर तालिम चार महिनाको

Untitled-design-(11)-1787655185.png

सीप सिकेर रोजगारीमा जोडिन चाहने बेरोजगार व्यक्तिका लागि इनरुवा नगरपालिकाले खाना तथा बसोबाससहित निःशुल्क प्राविधिक तालिम सञ्चालन गर्ने भएको छ।

नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार पोखरास्थित श्री पोखरा थ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रालि मार्फत चार विषयमा तालिम सञ्चालन हुनेछ। तालिममा सहभागीलाई प्रत्येक महिना १० हजार रुपैयाँ निर्वाह भत्ता समेत उपलब्ध गराइनेछ।

कुल २४ जनालाई सहभागी गराइने तालिममध्ये सिकर्मी तथा सटरिङ र डकर्मी, प्लम्बर तथा स्टिल फिक्सरमा १०–१० जना, इलेक्ट्रोनिक तथा मोबाइल मर्मतमा २ जना र बेसिक तथा एडभान्स इलेक्ट्रिकलमा २ जनाको कोटा रहेको छ।

सिकर्मी तथा सटरिङ र डकर्मी, प्लम्बर तथा स्टिल फिक्सर तालिम चार महिनाको हुनेछ। यी तालिमका लागि १७ देखि ४० वर्ष उमेर समूहका साधारण लेखपढ गर्न सक्ने व्यक्ति योग्य हुनेछन्। इलेक्ट्रोनिक तथा मोबाइल मर्मत तालिम चार महिना र बेसिक तथा एडभान्स इलेक्ट्रिकल तालिम ६ महिनाको हुनेछ। यी दुवै तालिमका लागि कक्षा ८ उत्तीर्ण तथा १७ देखि २७ वर्ष उमेर समूहका व्यक्ति योग्य हुनेछन्।

तालिम पोखरामा २९ कात्तिक २०८३ देखि सञ्चालन हुने सूचनामा उल्लेख छ। छनोट भएका सहभागीलाई खाना र बसोबास निःशुल्क उपलब्ध गराइनुका साथै तालिममा आउँदा र फर्कँदा एक पटकको बस भाडा तथा तालिम शुल्कसमेत निःशुल्क हुनेछ।

इच्छुकले ३० असोज २०८३ भित्र इनरुवा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयअन्तर्गत रोजगार सीप तथा उद्यमशीलता केन्द्र ९रोजगार शाखा० मा आवेदन बुझाउनुपर्नेछ।

आवेदनसँग नागरिकताको प्रतिलिपि एक प्रति, पासपोर्ट साइजको फोटो दुई प्रति र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि एक प्रति बुझाउनुपर्नेछ। थप जानकारीका लागि ९७६६९३३५१८ वा ९८५६०२९५६९ मा सम्पर्क गर्न सकिनेछ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif