Monday, 19th January, 2026
वि.स.
23...-1768204900.jpg

चन्द्रागिरि केवलकार २२ गतेबाट चल्ने

चन्द्रागिरि केवलकार आगामी शनिबार ( कात्तिक २२ गते) बाट पुनः सञ्चालनमा आउने भएको छ।

चन्द्रागिरि हिल्स प्रालिले एक सूचना जारी गर्दै क्षतिग्रस्त संरचना मर्मत–सम्भार सम्पन्न भएपछि सेवा पुनः सुरु हुने जानकारी दिएको हो।

भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा केवलकारमा क्षति पुगेपछि कम्पनीले सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरेको थियो।

सो समयमा केवलकारको तल्लो स्टेशन र ट्रान्सफर्मरदेखि केवलकारको सर्भरसम्म पुग्ने वाइरिङमा क्षति पुगेको थियो।

दसैंअघि नै केवलकारमा भएको क्षतिबारे अष्ट्रियन कम्पनीले अध्ययन गरेको थियो। सोही कम्पनीले मर्मत-सम्भार सम्पन्न गरेसँगै अब चन्द्रागिरि केवलकार शनिबारदेखि नियमित चल्ने भएको छ।