Monday, 14th September, 2026
वि.स.

पूर्ण नि:शुल्क एड्भान्स तालिम खुल्याे, दक्ष बन्ने माैका
सीप सिकेर आत्मनिर्भर बन्ने र रोजगारीका अवसर सिर्जना गर्ने उत्कृष्ट मौका

fdk;fb-;fksf]6f-(4)-1786591258.png

नेपाली युवाहरूका लागि सीप सिकेर आत्मनिर्भर बन्ने र रोजगारीका अवसर सिर्जना गर्ने उत्कृष्ट मौका आएको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटी, ललितपुरले आर्थिक वर्ष २०८३/८४ का लागि पूर्ण रूपमा निःशुल्क सीप अभिवृद्धि (Advance) तथा आधारभूत (Basic) तालिमहरू सञ्चालन गर्ने भएको छ।

यदि तपाईं आफ्नो सीप तिखार्न चाहनुहुन्छ वा नयाँ क्षेत्रमा व्यावसायिक यात्रा सुरु गर्ने सोचमा हुनुहुन्छ भने यो अवसर तपाईंकै लागि हो !

कुन-कुन विषयमा दिइँदैछ तालिम?

प्रतिष्ठानले बजारमा अत्यधिक माग रहेका व्यावसायिक क्षेत्रहरू रोजेर तालिम उपलब्ध गराउँदैछ:

  • ब्युटिसियन (Advance) – १९५ घण्टा (२० जना)
  • विद्युतजडान / हाउस वायरिङ (Advance) – १९५ घण्टा (२० जना)
  • कटाईसिलाई (Advance) – १९५ घण्टा (२० जना)
  • अटोमेकानिक्स (Basic) – ३९० घण्टा (२० जना)

प्रत्येक विधामा २०-२० जनाका लागि मात्र सिट सीमित राखिएकाले प्रतिस्पर्धात्मक रहनेछ।

को-को हुनसक्छन् सहभागी?

(योग्यता र उमेर) उमेर सीमा: १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिक।

Advance(ब्युटिसियन, विद्युतजडान, कटाईसिलाई) तालिमका लागि :

  • नेपाली नागरिकताको प्रमाण-पत्र।
  • सम्बन्धित विषयमा कम्तीमा ३९० घण्टाको आधारभूत (Basic) तालिम पूरा गरेको प्रमाण-पत्र।
  • शैक्षिक योग्यताका प्रमाणपत्रहरू।

Basic तालिमका लागि (अटोमेकानिक्स):

  • नेपाली नागरिकताको प्रमाण-पत्र।
  • कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाण-पत्र।

विशेष अवसर: यदि योग्यता पुग्छ भने तपाईंले एक भन्दा बढी विषयमा पनि आवेदन दिन सक्नुहुनेछ।

दरखास्त कहाँ र कसरी दिने?

फारम पाइने स्थान: राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटी, ललितपुरको कार्यालय वा संस्थाको आधिकारिक वेबसाइट www.navt.gov.np बाट सीधै डाउनलोड गर्न सकिनेछ।

  • फारम बुझाउने अन्तिम मिति: २०८३ साल भाद्र ११ गते कार्यालय समयभित्र।
  • छनोट प्रक्रिया: प्राप्त आवेदनहरूको छानबिन गरी अन्तरवार्ताको मिति पछि तय गरिनेछ।
  • थप जानकारीका लागि: सम्पर्क फोन नं.: ०१-५५९०८००, ०१-५५९०५०९, ०१-५५९०२५४
    इ-मेल: info@vsdta.gov.np
  • स्थान: भैंसेपाटी, ललितपुर


https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif