Tuesday, 15th September, 2026
वि.स.

त्रिभुवन राजपथ र पूर्व–पश्चिम राजमार्गको सुरक्षा सुधारका लागि ठेक्का आह्वान, पालुङ–सिम्भञ्ज्याङ खण्ड पनि समेटियो

FB_IMG_1789046696001-1789479056.jpg

सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय हेटौँडाले मकवानपुर र बारा जिल्लाअन्तर्गत पर्ने मुख्य राजमार्ग खण्डहरूमा सडक तथा ट्राफिक सुरक्षा सुधार (Road and Traffic Safety Works) गर्न बोलपत्र (ठेक्का) आह्वान गरेको छ।

​कार्यालयले मंगलबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै त्रिभुवन राजपथ (NH41) र पूर्व–पश्चिम राजमार्ग अर्थात् महेन्द्र राजमार्ग (NH01) का विभिन्न ५ वटा खण्डका लागि सिलबन्दी दरभाउपत्र आह्वान गरेको हो।

​विशेषगरी त्रिभुवन राजपथ अन्तर्गतको लामिडाँडा–सिम्भञ्ज्याङ–पालुङ–टिस्टुङ–सोप्याङ खण्डमा समेत सडक सुरक्षाका कार्यहरू अघि बढाइने भएको छ। यस खण्डका लागि भ्याट र कन्टिन्जेन्सीबाहेक करिब ८६ लाख १६ हजार रुपैयाँ लागत अनुमान गरिएको छ।

​यस्तै, सडक डिभिजनले मकवानपुरतर्फ हेटौँडा–सरस्वती खोला–लोथर खण्ड, चुरियामाई–रातोमाटे–हेटौँडा खण्ड तथा हेटौँडा–सामरी–भैँसे–लामिडाँडा खण्डमा पनि समान प्रकृतिका ट्राफिक सुरक्षा पूर्वाधार निर्माण गर्न छुट्टाछुट्टै ठेक्का आह्वान गरेको छ। बारा खण्डअन्तर्गत पथलैया–चुरियामाई क्षेत्रलाई पनि यस योजनामा समेटिएको छ। 

कुन खण्डमा कति बजेट?

  • लामिडाँडा–सिम्भञ्ज्याङ–पालुङ–टिस्टुङ–सोप्याङ खण्ड (NH41): रु. ८६ लाख १६ हजार ८६९
  • हेटौँडा–सामरी–भैँसे–लामिडाँडा खण्ड (NH41): रु. ८६ लाख १९ हजार ३८०
  • हेटौँडा–सरस्वती खोला–लोथर खण्ड (NH01): रु. ८६ लाख २० हजार ५०२
  • चुरे–रातोमाटे–हेटौँडा खण्ड (NH01): रु. ८६ लाख २० हजार २७४
  • पथलैया–चुरे खण्ड (NH01, बारा): रु. ८६ लाख १९ हजार ५६७

२२ असाेजसम्म आवेदन दिन सकिने

सूचना अनुसार इच्छुक तथा योग्य निर्माण व्यवसायीहरूले आगामी २१ असाेजसम्म बोलपत्र फारम खरिद गरी २२असाेज मध्याह्न १२:०० बजेभित्र सडक डिभिजन कार्यालय हेटौँडामा सिलबन्दी (हार्ड कपी) प्रस्ताव पेस गर्नुपर्नेछ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १:०० बजे खोलिने जनाइएको छ।

​थप प्राविधिक तथा प्रक्रियागत जानकारीका लागि सडक डिभिजन हेटौँडाको वेबसाइट तथा कार्यालयमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif