Friday, 25th September, 2026
वि.स.

त्रिभुवन राजपथमा एकतर्फी सवारी

IMG_20260925_095724-1790309877.jpg

त्रिभुवन राजपथमा सवारी आवागमन एकतर्फी गरिएको छ । अविरल वर्षाका कारण बीपी राजमार्ग र कान्ति लोकपथ अवरुद्ध भएपछि मकवानपुरको पालुङ हुँदै त्रिभुवन राजपथबाट काठमाडौँतर्फ आउने सवारीलाई मात्र सञ्चालन अनुमति दिइएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ आएका सवारीलाई समेत चापका कारण थानकोटबाट उपत्यकाभित्र प्रवेश गर्न दिइएको छैन ।

मकवानपुरको भैंसेलगायत क्षेत्रमा रोकिएका सवारीलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ एकतर्फी रूपमा पठाइएको छ ।

काठमाडौँबाट बाहिरिने सवारीलाई भने दक्षिणकाली–फाखेल सडकखण्ड हुँदै मकवानपुरतर्फ पठाइएको छ । वर्षाका कारण दक्षिणकाली–सिस्नेरी सडकसमेत अवरुद्ध रहेको प्रहरीले जनाएको छ । श्राेतः राताेपाटी ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०