nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मन्त्री माेक्तानले लिइन् प्रदेश प्रमुख स्काउटकाे सपथ, हेटाैैडा स्काउटलाई प्रदेश आयुक्तबाट सपथ

IMG_20240404_222124-1712248618.jpg

नेपाल स्काउटको बागमती प्रदेशका नवनियुक्त आयुक्तहरुले शपथ ग्रहण गरेका छन् । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सभाहलमा सामाजिक विकास मन्त्री कुमारी मोक्तानको सभाध्यक्षता तथा नेपाल स्काउट राष्ट्रिय आयुक्त महेन्द्रराज रञ्जीतको प्रमुख आतिथ्यमा पद तथा गोपनीयताको शपथ ग्रहण भएको हो ।

कार्यक्रममा पहिलो चरणमा राष्ट्रिय आयुक्त महेन्द्रराज रञ्जीतले नेपाल स्काउट बागमती प्रदेश स्काउटको प्रमुख स्काउट तथा परिषद्को अध्यक्ष हुने व्यवस्था अनुशार सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई बागमती प्रदेश स्काउट अध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । शपथ ग्रहण पश्चात मन्त्री मोक्तानले प्रदेशका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् ।

यस्तै हेटौंडा उपमहानगरपालिकाका निर्वाचित स्थानीय परिषद्का सदस्यहरुको शपथ ग्रहण भएको छ । स्थानीय परिषद्का सदस्यहरुलाई बागमती प्रदेशका आयुक्त शिवकुमार त्वायनाले शपथ ग्रहण गराए । स्थानीय परिषद्का सदस्यलाई नगर प्रमुखले नियुक्ती तथा शपथ गराउनु पर्ने प्रावधान भए तापनि हेटौँडामा सपथ ग्रहण हुन सकेकाे थिएन ।  स्काउटको विधानअनुसार प्रदेश आयुक्तले पालिकाका आयुक्त तथा सदस्यलाई सपथ गराएका हुन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्री मोक्तानले बागमती प्रदेशमा स्काउटको आफ्नै भवन बनाउन प्रदेशले सहयोग गर्ने प्रतिवद्धता जनाइन्  । स्काउट हरेक विद्यालयको विद्यार्थीसम्म पुग्ने भएकाले मन्त्रालयले सहयोग गर्ने उनले विश्वास दिलाइन् । कार्यक्रममा केन्द्रीय आयुक्त रञ्जीतले १२ वर्षपछि प्रदेशमा आधिकारिक रुपमा जिल्ला विघठन भएपछिको पहिलो निर्वाचित नेतृत्व पाएको बताए ।

स्काउटले स्वयम्सेवकको भूमिकामा काम गर्दै आएको बताउँदै सन् २०३२ सम्ममा ७ लाख स्काउट सदस्य पुर्याउने दिर्घकालीन लक्ष्य अनुरुप सबै विधालयहरुमा स्काउट संचालन गर्ने उनकाे भनाइ थियाे । स्काउटले मानिसहरुमा आत्मानुशासित बनाउने र विपदको समयमा खोज उद्दारमा स्ंवसेवी भई कार्य गर्नेमा जोड दिए । स्काउटले आगामी दिनमा प्रदेशमा मुख्यमन्त्रीसँग बालबालिका कार्यक्रम, स्काउट आधारभुत तालिम, विपद् व्यवस्थापन तालिम तथा परिचालन स्काउट स्वयम्सेवक परिचालन, विद्यालय केन्द्रीत स्काउट अभिमुखीकरण तालिम, सम्पदा संरक्षणमा युवा स्काउट कार्यक्रम, सामुदायिक विद्यालयहरुमा स्काउट शिक्षा संचालन खर्च, विपन्न स्काउट विद्यार्थीलाई स्काउट पोशाक वितरण लगायतका विभिन्न कार्ययोजना रहेको प्रदेश स्काउटले जनाएको छ ।

शपथग्रहण कार्यक्रममा मध्यपृतना हेटौंडाका प्रमुख सेनानी रञ्जन कुमार कार्की, बागमती प्रदेश कार्यालय हेटौंडाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, नेपाल स्काउटको राष्ट्रिय परिषद् सदस्य अशोक सारु मगरको आतिथ्य रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)