Thursday, 3rd September, 2026
वि.स.

थाहामा सामुदायिक वनका पदाधिकारीलाई  लेखा तालिम शुरु

le-khaaaa-1713526096.jpg

थाहा नगरपालिकामा रहेका  दर्जन बढी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई अभिलेख तथा लेखा व्यवस्थापनसम्बन्धी दुईदिने तालिम थानाबजारस्थित गंगा होटलमा सुरु भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा ७ बैशाखमा तालिम शुरु गरिएको हो । तालिमको एक समारोहबीच थाहा नगरपालिकाको कार्यपालिका सदस्य अनिता बलले उद्घाटन गरेकी थिइन् ।

सामुदायिक वन उपभोक्ता महासंघ थाहाका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षता तथा कार्यपालिका सदस्य बलको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष साधुराम चौलागाइ, जिल्ला कोषाध्यक्ष बलराम अधिकारी, थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगी, थाहा नगरपालिकाका प्रेस संयोजक शम्भु अधिकारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बल, जिल्ला अध्यक्ष चौलागाइ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने नगर समिति सदस्य विनोद केसीले स्वागत मन्तव्य राखेका थिए । 

तालिममा वन व्यवस्थापनअन्तर्गत् सामुदायिक वन अभिलेख तथा लेखापरीक्षण व्यवस्थापन, प्रस्ताव एवं निर्णय लेखनका साथै वन व्यवस्थापन, वैज्ञानिक वन ब्यवस्थापन, समूहमा सामूहिक भावना र सहकार्यमा टेवा पु¥याउने, समूहमा हुने क्रियाकलाप तथा ती क्रियाकलाप कार्य गर्न खर्च भएको रकमको व्यवस्थित लेखा पद्धति आदिको बारेमा महासंघका जिल्ला अध्यक्ष चौलागाइ, कोषाध्यक्ष अधिकारी लगायतले सहजीकरण गरिरहेका छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif