Friday, 25th September, 2026
वि.स.

थाहा स्काउट परिषदमा निर्विरोध

scout-team-1707229161.jpg

थाहा नगरपालिका स्थानीय स्काउट परिषदमा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । २२ माघमा स्थानीय स्काउट कार्यालयको सभाहलमा भएको निर्वाचन कार्यक्रममा सम्पूर्ण सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत दिपक सिंह विष्टले जानकारी दिए ।

स्काउट परिषद सदस्य निर्वाचित हुनेहरुमा स्काउटरहरु गणेशमान श्रेष्ठ, मिना महर्जन, कृष्णप्रसाद लामिछाने, विनोद लामिछाने, सुमित्रा केसी, कुमार नेगी, राम बहादुर महार्जन, रेनुका गुरुङ, सावित्री केसी र गंगा नेपाल रहेका छन् । आवश्यक सङ्ख्यामा मात्र उमेदवारी परेपछि मतदान प्रक्रियामा जानु नपरेको र निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत विष्टले बताए । निर्वाचित घोषणासँगै निर्वाचन अधिकृत विष्टले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए । 

नेपाल स्काउट नियमावली अनुसार थाहा नगरपालिकामा ५ जना महिला र ५ जना पुरुष सदस्यको निर्वाचन गरिएको हो । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०