nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा स्काउट परिषदमा निर्विरोध

scout-team-1707229161.jpg

थाहा नगरपालिका स्थानीय स्काउट परिषदमा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । २२ माघमा स्थानीय स्काउट कार्यालयको सभाहलमा भएको निर्वाचन कार्यक्रममा सम्पूर्ण सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत दिपक सिंह विष्टले जानकारी दिए ।

स्काउट परिषद सदस्य निर्वाचित हुनेहरुमा स्काउटरहरु गणेशमान श्रेष्ठ, मिना महर्जन, कृष्णप्रसाद लामिछाने, विनोद लामिछाने, सुमित्रा केसी, कुमार नेगी, राम बहादुर महार्जन, रेनुका गुरुङ, सावित्री केसी र गंगा नेपाल रहेका छन् । आवश्यक सङ्ख्यामा मात्र उमेदवारी परेपछि मतदान प्रक्रियामा जानु नपरेको र निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत विष्टले बताए । निर्वाचित घोषणासँगै निर्वाचन अधिकृत विष्टले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए । 

नेपाल स्काउट नियमावली अनुसार थाहा नगरपालिकामा ५ जना महिला र ५ जना पुरुष सदस्यको निर्वाचन गरिएको हो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)