Monday, 17th August, 2026
वि.स.

थाहानगरमा प्राथमिक तह शिक्षकका लागि आवेदन आह्वान

766183359_203557756373320-1786949880.png

मकवानपुरको थाहा नगरपालिका–८ स्थित इन्द्रायणी माध्यमिक विद्यालयले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा करार नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

विद्यालयले १ जना शिक्षक पदपूर्तिका लागि आवेदन माग गरेको हो। पदका लागि न्यूनतम शैक्षिक योग्यता +2 वा सो सरह उत्तीर्ण हुनुपर्नेछ। उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।

शिक्षक पदमा आवेदन दिन इच्छुक उम्मेदवारले रु. ७०० आवेदन दस्तुर बुझाउनुपर्नेछ। आवेदनसँग हस्तलिखित निवेदन, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाणपत्र तथा अध्यापन अनुमति पत्रको प्रतिलिपि पेश गर्नुपर्ने विद्यालयले जनाएको छ।

आवेदन १३ भदौसम्म कार्यालय समयभित्र पेश गर्न सकिनेछ। आवेदन विद्यालयको इमेल indrayanischool12@gmail.com मा सक्कल भौचर तथा आवश्यक कागजात पठाएर वा थाहा नगरपालिकाको कार्यालयमा प्रत्यक्ष उपस्थित भएर बुझाउन सकिनेछ।

आवेदन दिने उम्मेदवारले नेपाल बैंक लिमिटेडको खाता नं. ०२५००१००४४१५२६०००००१ मा आवेदन दस्तुर जम्मा गर्नुपर्नेछ।

सम्पर्क मिति १४ भदौ तोकिएको छ। परीक्षा मिति सोही दिन तोकिने विद्यालयले जनाएको छ। शिक्षक सेवा आयोगको करार सूचीमा रहेका उम्मेदवारहरूले भने ७ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।

थप जानकारीका लागि विद्यालयका प्रधानाध्यापक ९८५५०३१८८९ वा लेखापाल ९८४१६३८६८० मा सम्पर्क गर्न सकिनेछ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif