Thursday, 13th August, 2026
वि.स.

सिन्धुलीको दुधौलीमा १२ जना शिक्षकको जागिर खुल्यो, प्राविमै ११ जना
आगामी भदौ ५ गते शुक्रबार कार्यालय समयभित्र रीतपूर्वक आवेदन दिनुपर्ने

DJI_20241003044218_0001_D-1786602041.jpg

सिन्धुलीको दुधौली नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले नगरभित्रका विभिन्न सामुदायिक विद्यालयहरूमा रिक्त रहेका शिक्षक तथा कर्मचारी पदहरूमा खुल्ला प्रतिस्पर्धाबाट करार पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।

नगरपालिकाको शिक्षा शाखाद्वारा प्रकाशित सूचना अनुसार योग्य तथा इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् आगामी भदौ ५ गते शुक्रबार कार्यालय समयभित्र रीतपूर्वक आवेदन दिनुपर्नेछ।

कुन-कुन पदमा कति माग?

१. माध्यमिक तह शिक्षक (विज्ञान): १ जना

• तह/किसिम: सङ्घीय अनुदान

• योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिई कम्तीमा स्नातक तह (Bachelor's) वा सो सरह उत्तीर्ण गरी  माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्र (Teaching License) प्राप्त गरेको।

• परीक्षा दस्तुर: रु. २,०००/-

२. प्राथमिक तह शिक्षक: ११ जना

• तह/किसिम: प्रा.वि. / स्वीकृत दरबन्दी • योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह (10+2) वा सो सरह उत्तीर्ण गरी सम्बन्धित तहको स्थायी अध्यापन अनुमति पत्र प्राप्त गरेको।

• परीक्षा दस्तुर: रु. १,०००/-

३. विद्यालय कर्मचारी (सहयोगी): १ जना

• तह/किसिम: सङ्घीय अनुदान

• योग्यता: साधारण लेखपढ भएको।

• परीक्षा दस्तुर: रु. ५००/-

४. विद्यालय सहायक कर्मचारी (लेखा): १ जना

• तह/किसिम: सङ्घीय अनुदान

• योग्यता: व्यवस्थापन सङ्काय (Management Stream) बाट प्रवीणता प्रमाणपत्र तह (10+2) वा सो सरह उत्तीर्ण गरेको।

• परीक्षा दस्तुर: रु. ८००/- आवेदन प्रक्रिया र आवश्यक कागजातहरू दरखास्त दिने अन्तिम मितिसम्म आवेदकको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। दरखास्त फाराम दुधौली नगरपालिकाको आधिकारिक वेबसाइट (www.dudhaulimun.gov.np) बाट डाउनलोड गरी दुधौली नगर कार्यपालिकाको कार्यालयमा बुझाउन सकिनेछ।

संलग्न गर्नुपर्ने कागजातहरू:

• शैक्षिक योग्यताका प्रमाणपत्र (लब्धाङ्क पत्र/ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्र) को प्रमाणित प्रतिलिपि

• नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

• स्थायी अध्यापन अनुमति पत्र (शिक्षक पदका लागि)

• पासपोर्ट साइजको फोटो ३ प्रति

• परीक्षा दस्तुर बुझाएको नगदी रसिद वा बैंक भौचरको प्रतिलिपि राजस्व बुझाउने बैंक खाता विवरण परीक्षार्थीले दस्तुर बापतको रकम नेपाल बैंक लि. (दुधौली शाखा) मा रहेको दुधौली नगरपालिकाको आन्तरिक राजस्व खातामा जम्मा गर्नुपर्नेछ ।

परीक्षाको किसिम लिखित र अन्तर्वार्ता दुवै हुनेछ भने परीक्षा केन्द्र र मिति पछि सूचना प्रकाशन गरी जानकारी गराइने नगरपालिकाले जनाएको छ। सेवा सुविधा तथा तलब स्केल प्रचलित कानुन बमोजिम हुनेछ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif