Monday, 17th August, 2026
वि.स.

सहकारीमा ३ जना कार्यालय सहायक चाहियो, ३ भदौसम्म निवेदन दिन सकिने

774787541_104092062501186-1786951453.png

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४, फाखेलस्थित सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कार्यालय सहायक पदमा ३ जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ।

संस्थाले विज्ञापन नं. २०८३/०८४–०१ अन्तर्गत तह २ को कार्यालय सहायक पदमा ३ जना कर्मचारी माग गरेको हो। पदका लागि एसएलसी उत्तीर्ण वा एसईईमा (SEE) कम्तीमा ‘सी’ ग्रेड अर्थात् न्यूनतम २.० जीपीए प्राप्त गरेको हुनुपर्नेछ।

दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। इन्द्रसरोवर गाउँपालिकाभित्रका इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ।

आवेदनका लागि रु. ५०० दस्तुर तोकिएको छ। सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् ३ भदौसम्म संस्थाको पायक पर्ने कार्यालयमा प्रत्यक्ष उपस्थित भएर वा sakriyamahila2057@gmail.com मा इमेलमार्फत आवेदन बुझाउन सकिनेछ।

आवेदनसँग हस्तलिखित निवेदन, व्यक्तिगत विवरण (CV), हालसालै खिचिएको फोटो, शैक्षिक योग्यताका प्रमाणपत्र, अनुभव पत्र भए सोको प्रतिलिपि र नेपाली नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्नेछ।

उम्मेदवारमा कम्प्युटर सञ्चालनसम्बन्धी राम्रो ज्ञान हुनुपर्नेछ। तोकिएको तहभन्दा एक तह माथिको शैक्षिक योग्यता हासिल गरेका, महिला, दलित, जनजाति तथा सवारी चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ।

छनोट प्रक्रियामा लिखित परीक्षा र अन्तर्वार्ता हुने तथा सर्टलिस्टमा परेका उम्मेदवारलाई मात्र परीक्षामा सहभागी गराइनेछ। सेवा सुविधा संस्थाको नियमअनुसार हुने जनाइएको छ।

थप जानकारीका लागि संस्थाका व्यवस्थापक सबिना लामा वा sakriyamahila2057@gmail.com मा सम्पर्क गर्न सकिनेछ। 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif