Wednesday, 12th August, 2026
वि.स.

सरस्वती बालबोधिनी विद्यालयमा निमावि गणित शिक्षकको जागिर खुल्यो

769584549_906372995874739-1786532446.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१, मार्खुस्थित श्री सरस्वती बालबोधिनी माध्यमिक विद्यालयले निम्न माध्यमिक तहको गणित शिक्षक पदका लागि आवेदन आह्वान गरेको छ। इच्छुक तथा योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात् आगामी २०८३ भदौ ११ गतेसम्म दरखास्त दिन सक्नेछन्।

योग्यता र आवश्यक कागजात

उम्मेदवारले सम्बन्धित विषयमा कम्तीमा १२ कक्षा वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै, आवेदकको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र अध्यापन अनुमति पत्र प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

दरखास्तका साथ हस्तलिखित निवेदन, नागरिकता, शैक्षिक योग्यता र अध्यापन अनुमति पत्रको प्रतिलिपि बुझाउनुपर्नेछ।

आवेदन प्रक्रिया र दस्तुर

परीक्षा दस्तुरबापत रु एक हजार ग्लोबल आइएमई बैंक लिमिटेडमा रहेको विद्यालयको खातामा जम्मा गर्नुपर्नेछ। सक्कल भौचर र कागजातहरूसहित विद्यालयको इमेल saraswatibb50@gmail.com मार्फत पनि अनलाइन आवेदन दिन सकिने सुविधा दिइएको छ।

शिक्षक सेवा आयोगको करार सूचीमा रहेका उम्मेदवारहरूका लागि भने ७ दिनभित्र आवेदन दिनुपर्ने विशेष नियम रहेको विद्यालयले जनाएको छ।

पारिश्रमिक तथा सुविधा नेपाल सरकारको नियमानुसार हुनेछ भने थप जानकारीका लागि विद्यालयका प्रधानाध्यापक रामशरण दाहाललाई ९८५५०८९२७३ मा सम्पर्क गर्न सकिनेछ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif