Wednesday, 12th August, 2026
वि.स.

हेटाैडाकाे बाल उज्ज्वल माविमा शिक्षककाे लागि आवेदन खुल्याे

770738156_995589366769570-1786526337.jpg

​मकवानपुरको हेटौंडा उपमहानगरपालिका, लेवटस्थित श्री बाल उज्ज्वल माध्यमिक विद्यालयले प्राथमिक तहका लागि १ जना शिक्षक पदमा दरखास्त आह्वान गरेको छ। विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार स्थानीय स्रोतबाट पदपूर्ति गर्ने गरी यो विज्ञापन आह्वान गरिएको हो। ​उक्त पदका लागि इच्छुक र योग्य नेपाली नागरिकहरूले १५ दिनभित्र विद्यालयको प्रशासनिक कक्षमा दरखास्त दिन सक्नेछन्। ​विज्ञापन तथा पदसम्बन्धी विवरण:

• ​पद/तह: प्राथमिक शिक्षक (प्रा.वि.)

• ​विज्ञापन नं.: ००१/०८३/०८४ • ​संख्या: १ (एक) जना

• ​प्रकार: करार (स्थानीय)

• ​अध्यापन विषय: अंग्रेजी माध्यमका सबै विषय

• ​उमेर हद: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

• ​शैक्षिक योग्यता: अंग्रेजी विषयमा प्रविणता प्रमाण-पत्र तह (१०+२) वा सो सरह उत्तीर्ण

• ​दरखास्त दस्तुर: रु. १,०००/- (एक हजार मात्र)

• ​दरखास्त दिने अन्तिम मिति: २०८३/०५/१० गते (विद्यालय समयभित्र)

• ​सम्पर्क मिति: २०८३/०५/११ गते (अपराह्न ४:०० बजेपछि)

• ​परीक्षाको किसिम: लिखित तथा अन्तर्वार्ता (संशोधित नयाँ पाठ्यक्रम अनुसार)

• ​तलब भत्ता: हेटौंडा उपमहानगरपालिका, ३ नं. वडा कार्यालयको नियमानुसार ​पेश गर्नुपर्ने आवश्यक कागजातहरू:

१. अंग्रेजी माध्यममा हस्तलिखित निवेदन (१ थान)

२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (२ थान)

३. SEE देखि माथिका शैक्षिक योग्यता र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (२/२ थान)

४. आधारभूत तहको अध्यापन अनुमति पत्र (टीचिङ लाइसेन्स) को प्रतिलिपि (२ थान) ​ विद्यालयका अनुसार थिल्लो योग्यता भएका, ICT (सूचना तथा सञ्चार प्रविधि) मा दक्ष, अनुभवी तथा मन्टेश्वरी तालिम लिएका उम्मेदवारहरूलाई विशेष ग्राह्यता र प्राथमिकता दिइनेेछ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif