Wednesday, 12th August, 2026
वि.स.

मेडिकल अधिकृतदेखि नर्ससम्म ३८ जनाका लागि जागिर खुल्यो, 
सबैभन्दा धेरै स्टाफ नर्स (पाँचौँ तह) पदका लागि ३० जनाको माग गरिएको छ

fdk;fb-;fksf]6f-(2)-1786500872.png

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले विभिन्न पदमा सेवा करारमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

प्रतिष्ठानले प्रथम पटक सूचना प्रकाशित गर्दै इच्छुक र योग्य नेपाली नागरिकहरूबाट ७ दिनभित्र आवेदन पेस गर्न आग्रह गरेको हो।

सूचना अनुसार विभिन्न ७ वटा पदका लागि कूल ३८ जना कर्मचारी माग गरिएको छ।

कुन पदमा कति माग
प्रतिष्ठानका अनुसार सबैभन्दा धेरै स्टाफ नर्स (पाँचौँ तह) पदका लागि ३० जनाको माग गरिएको छ।

यस्तै मेडिकल अधिकृत पदका लागि ८ जना, रेडियोग्राफर (पाँचौँ तह) खुलातर्फ ३ जना र महिलातर्फ १ जना, तथा डेन्टल हाइजेनिस्ट (पाँचौँ तह) पदका लागि २ जना माग गरिएको छ।

त्यसैगरी, उप-प्राध्यापक (क्रिटिकल मेडिसिन) र सूचना प्रविधि अधिकृत (सातौँ तह) पदमा १–१ जनाका लागि आवेदन खुलाइएको छ।

योग्यता र प्रक्रिया
सम्बन्धित पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता हासिल गरी सम्बन्धित काउन्सिलमा दर्ता भएका नागरिकहरूले आवेदन दिन सक्नेछन्।

उमेरको हद :  १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। उप-प्राध्यापकको हकमा चिकित्सा शिक्षा आयोगको नियम अनुसार हुनेछ।

दस्तुर : पद अनुसार रु. ६०० देखि रु. १,५०० सम्म तोकिएको छ।

दरखास्त दिने विधि :  कृषि विकास बैंकमा रहेको प्रतिष्ठानको खातामा निर्धारित शुल्क बुझाई शैक्षिक योग्यता, नागरिकता र काउन्सिल दर्ताको प्रतिलिपिसहित प्रतिष्ठानबाट उपलब्ध हुने फाराम भरेर पेस गर्नुपर्नेछ।

विदेशमा अध्ययन गरेका आवेदकहरूका लागि भने समकक्षताको प्रमाणपत्र अनिवार्य गरिएको छ।

लिखित परीक्षा तथा अन्तर्वार्ताको मिति र स्थान पछि प्रतिष्ठानको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने अस्पताल प्रशासनले जनाएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif