Monday, 20th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–१ मा वडाध्यक्षसहित माओवादीको प्यानलै विजयी

adadad-1652521447.jpg

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत् थाहा नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षसहित नेकपा माओवादी केन्द्रको प्यानलै बिजयी भएको छ ।

माओवादी केन्द्रका गोपालीले ८६२ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदिप प्रधानले ७६० मत प्राप्त गरे । नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार रुपचन गोपालीले ३७९ मत प्राप्त गरे ।

आगामी पाँच वर्षका लागि थाहा–१ बाट खुल्ला वडा सदस्यहरुमा माओवादीका सरोज प्रधान र सुवर्ण गोपाली  विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा अनिता बल र दलित महिला सदस्य पार्वती सुनार विजयी भएका छन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)