nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

‘इन्द्रसरोवर काव्य उत्सव २०७४’ मा पुर्व प्रधानमन्त्री झलनाथ खनाल आउने

पर्यटनका लागि साहित्य भन्ने नारा सहित १८ फागुनमा हुन लागेको ‘इन्द्रसरोवर काव्य उत्सव २०७४’ को उद्घाटन पूर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने भएका छन् ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको इन्द्रसरोवर ताल मार्खुमा दुईदिनसम्म हुने ‘इन्द्रसरोवर काव्य उत्सव २०७४’ मा खनाल आउने भएका हुन् । कार्यक्रममा खनालसंगै मकवानपुर–२ का प्रतिनीधिसभा सांसद बिरोध खतिवडा, प्रदेश सांसद कुमारी मोक्तान र मुनु सिग्देलको आतिथ्य रहने आयोजकले जनाएको छ । 

कार्यक्रमको तयारी पूरा भएको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामाले जानकारी दिए । पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले देश कै एकमात्र मानवनिर्मित ताल इन्द्रसरोवर ताल ९कुलेखानी० मा इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा फाल्गुण १८ र १९ गते काव्य उत्सव हुन लागेको हो । काठमाण्डौसंग जोडिएको क्षेत्र भएपनि सोचेजस्तो पर्यटन प्रवद्र्धन नभएकोले ‘ओझेलमा परेको ठाउँलाई साहित्यको माध्यमबाट प्रचारमा ल्याउन काव्य उत्सव आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन पुनले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।