Friday, 7th August, 2026
वि.स.

इन्फिनिटी लघुवित्तद्वारा विभिन्न पदका लागि कर्मचारी आह्वान

ChatGPT-Image-Aug-6,-2026-1786014382.png

नवलपरासी । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यो वित्तीय संस्थाले खुला प्रतिस्पर्धात्मक परीक्षाद्वारा पदपूर्तिको प्रक्रिया अगाडि बढाएको हो।

संस्थाले जारी गरेको सूचना अनुसार वरिष्ठ सहायक (शाखा प्रमुख), सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदका लागि आवेदन आह्वान गरिएको छ।

आवश्यक योग्यता र अनुभव

वरिष्ठ सहायक (शाखा प्रमुख): +२ उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव भएको वा स्नातक तह उत्तीर्ण गरी १ वर्षको अनुभव भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् ।

सहायक: + २ उत्तीर्ण गरी लघुवित्तमा कम्तीमा २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।

कनिष्ठ सहायक: एसइई/एसएलसी वा सो सरह उत्तीर्ण भई लघुवित्तमा न्यूनतम १ वर्षको अनुभव हासिल गरेका उम्मेदवार हुनुपर्नेछ।

प्रशिक्षार्थीस् एसइईरएसएलसी उत्तीर्ण गरी ग्रामीण क्षेत्रमा खटिएर काम गर्न इच्छुक र मिहिनेती उम्मेदवार हुनुपर्नेछ। यस पदका लागि पूर्व अनुभव आवश्यक नपर्ने जनाइएको छ।

उमेर र प्राथमिकता
आवेदन दिनका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारहरूको हकमा भने माथिल्लो उमेर हद ४० वर्षसम्म रहनेछ। सवारी साधन तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भएका उम्मेदवारहरूलाई छनोट प्रक्रियामा विशेष प्राथमिकता दिइने संस्थाले जनाएको छ।

आवेदन कसरी दिने ?
इच्छुक उम्मेदवारले आगामी भदौ ४ गतेभित्र संस्थाको आधिकारिक वेबसाइट (www.infinitylbsl.com.np) को Career मेनुमा गई 'Online Application' मार्फत वा संस्थाको केन्द्रीय कार्यालयमा स्वयं उपस्थित भएर आवेदन दिन सक्नेछन्। आवेदनको साथमा बायोडाटा (CV), नागरिकता, राष्ट्रिय परिचयपत्र, शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रहरू संलग्न गर्नुपर्नेछ।

प्राप्त आवेदनहरूमध्ये संक्षिप्त सूची (Shortlist) मा परेका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ताका लागि बोलाइनेछ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif