Monday, 24th August, 2026
वि.स.

७६ जनाले गरे रक्तदान, कृष्णमानकाे ५३औँ रक्तदान

IMG_20260824_183250-1787576046.jpg

थाहा नगरपालिका–४, थानाबजारमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन्। लायन्स क्लब अफ थाहा पिसको आयोजनामा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको परिसरमा भएको कार्यक्रममा १२ महिला र ६४ पुरुषले रक्तदान गरेका हुन्।

कार्यक्रममा थाहा–१ का कृष्णमान श्रेष्ठले ५३औँ पटक रक्तदान गरे। कार्यक्रमका पहिलो रक्तदाता इसाक केसी थिए भने अन्तिम अर्थात् ७६औँ रक्तदाता अनन्त ढकाल रहे ।

थाहा नगरपालिका–४ का वडा अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्य तथा लायन्स क्लब अफ थाहा पिसका अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

रक्तदान कार्यक्रमलाई थाहा नगरपालिका–४ ले आर्थिक सहयोग गरेको थियो। लियो क्लब अफ पिस थाहा, पालुङ जेसीज र मोबाइल एसोसिएसन मकवानपुर उत्तरी क्षेत्र समितिले सह–आयोजनामा साथ दिएका थिए। नेपाल स्वयंसेवी रक्तदाता समाज र केन्द्रीय रक्तसञ्चार सेवा, भृकुटीमण्डपले रक्त संकलन तथा व्यवस्थापनमा समन्वय गरेका थिए।

आयोजकका अनुसार नियमित रक्तदानको आवश्यकता र यसको महत्वबारे समुदायमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। संकलित रगतले आवश्यकतामा रहेका बिरामीका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif