Monday, 24th August, 2026
वि.स.

ऋषेश्वर–छुमिग झ्याङ्छुप तीर्थ :  साउन महिनामा  २१ जिल्लाका तीर्थयात्री आए
छुमिग झ्याङ्छुपमा १ साउनदेखि ३१ साउनसम्म आएका  तीर्थयात्रीहरुको तथ्याङ्कीय विश्लेषण

मकवानपुरको प्रशिद्ध ऋषेश्वर छुमिग झ्याङ्छुपमा गत साउन महिनामा भारत र भुटानसहित नेपालका २१ जिल्लाका तीर्थयात्री आएका छन् ।

ऋषेश्वर छुमिग झ्याङ्छुप क्षेत्र विकास समितिले छुमिग झ्याङ्छुप परिसरमा राखेको आगन्तुक विवरणको आधारमा यो तथ्याङ्क तयार पारिएको हो । ऋषेश्वर छुमिग झ्याङ्छुपमा १ साउनदेखि ३१ साउनसम्म आएका  तीर्थयात्रीहरुको थाहा टाइम्सले कोबोटुलबक्स सफ्टवेयरमार्फत् तथ्याङ्कीय विश्लेषण गरेको छ । 

आगन्तुक पुस्तिकाको ठेगाना महलमा कतिपय तीर्थयात्रीहरुले स्थानीय ठेगाना लेखिदिएकोमा यस समाचारमा समग्र जिल्लाको दृष्टिबाट मात्र विवरण राखिएको छ । तथापि साउन महिनामा कुन जिल्लाको कुन क्षेत्रका तीर्थयात्रीहरु बढी ऋषेश्वर छुमिग झ्याङ्छुप आएका थिए भन्ने विश्लेषण पनि थाहा टाइम्सले गरेको छ । 

तथ्याङ्क अनुसार साउन महिनामा ऋषेश्वरमा मकवानपुरबाहेक २० जिल्लाका तीर्थयात्रीहरु आएका छन् । तीर्थयात्री स्वयम्ले लेखिदिएको विवरण अनुसार बागमती प्रदेशका जिल्लाहरु धादिङ, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, रामेछाप, दोलखा र काभ्रे जिल्लाबाट तीर्थयात्रीहरु ऋषेश्वर आएको पाइएको छ । त्यसैगरी ताप्लेजुङ, खोटाङ, ओखलढुंगा, उदयपुर, सुनसरी, सप्तरी र  सर्लाही जिल्लाबाट तीर्थयात्रीहरु ऋषेश्वर छुमिग झ्याङ्छुप आएका थिए । 

विवरण अनुसार बारा, रुपन्देही, कैलाली र तनहुँ जिल्लाबाट पनि तीर्थयात्रीहरु आएका छन् । 

आगन्तुक पुस्तिकाको ठेगाना महलमा कतिपय तीर्थयात्रीहरुले स्थानीय ठेगाना लेखिदिएकोमा यस समाचारमा समग्र जिल्लाको दृष्टिबाट मात्र विवरण राखिएको छ । तथापि साउन महिनामा कुन जिल्लाको कुन क्षेत्रका तीर्थयात्रीहरु बढी ऋषेश्वर छुमिग झ्याङ्छुप आएका थिए भन्ने विश्लेषण पनि थाहा टाइम्सले गरेको छ । 

मकवानपुरको थाहा नगरपालिकासहित भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका तीर्थयात्रीहरु ऋषेश्वर आएको देखिएको छ ।

२४ जनाको समूहमा आएको तीर्थयात्रीले ठेगाना जिल्ला अदालत उल्लेख गरेकोले जिल्लाको हिसाबले गणना गर्न सकिएन । साथै साउन महिनामा पाटन हस्पिटलबाट आएका ८ जना तीर्थयात्रीको समूहलाई पनि जिल्ला अन्तर्गत राखेर विश्लेषण गरिएको छैन । 

थाहा टाइम्सले साउन महिनामा ऋषेश्वर छुमिग झ्याङ्छुप क्षेत्रमा कति तीर्थयात्री आए, कुन जिल्ला र क्षेत्रबाट कति आए, कुन बार बढी तीर्थयात्री आउँछन् जस्ता विषयहरुमा पनि विश्लेषण गरेको छ । तर, सम्पादकीय नीतिका कारण यस समाचारमा ती विवरणहरु उल्लेख गरिएको छैन । 

ऋषेश्वर छुमिग झ्याङ्छुप क्षेत्रमा राखिएको आगन्तुक पुस्तिकाको आधारमा मात्र तथ्याङ्कीय विश्लेषण गरिएकोले यसले ऋषेश्वर आएर पुस्तिकामा विवरण छुटेकाहरुको विवरण समेट्दैन । यो सर्वेक्षणको  सीमा हो । आगन्तुक पुस्तिकामा आएको मिति, नाम, ठेगाना, सङ्ख्या र सम्पर्क नम्बरसम्बन्धी विवरण छ । तीर्थयात्रीहरुले सकेसम्म सम्पर्क नम्बरसमेत प्रष्टरुपमा लेखिदिएका छन् । 

थाहा टाइम्सले साउन महिनामा ऋषेश्वर छुमिग झ्याङ्छुप क्षेत्रमा कति तीर्थयात्री आए, कुन जिल्ला र क्षेत्रबाट कति आए, कुन बार बढी तीर्थयात्री आउँछन् जस्ता विषयहरुमा पनि विश्लेषण गरेको छ । तर, सम्पादकीय नीतिका कारण यस समाचारमा ती विवरणहरु उल्लेख गरिएको छैन । यसमा राखिएका विवरणहरु सामाजिक सञ्जाल वा अन्यत्र प्रकाशन/प्रशारण गर्न थाहा टाइम्सको पूर्व स्वीकृति आवश्यक छैन । श्रोत भने खुलाइदिनुहोला । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif