Saturday, 8th August, 2026
वि.स.

एसईई उत्तीर्ण हुनुहुन्छ ? एउटै संस्थामा ४३ जनालाई स्थायी जागिर खुल्याे

1786104172951-1786104723.png

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय कारोबार गर्न इजाजत प्राप्त कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय तथा शाखा कार्यालयका लागि विभिन्न पदमा स्थायी कर्मचारी माग गरेको छ।

संस्थाले शुक्रबार सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धामार्फत प्रबन्धक (व्यवस्थापकीय श्रेणी) १ जना र कनिष्ठ सहायक (सहायक श्रेणी) ४३ जना गरी कुल ४४ जना कर्मचारी भर्ना गर्ने जनाएको हो।

प्रबन्धक पदका लागि कुनै पनि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ वर्ष सहायक प्रबन्धकको अनुभव वा स्नातक तह उत्तीर्ण गरी कम्तीमा ४ वर्ष सहायक प्रबन्धकको अनुभव हुनुपर्नेछ।

यस्तै, कनिष्ठ सहायक पदका लागि एसएलसी वा एसईईमा कम्तीमा डी प्लस (न्यूनतम १.६० जीपीए) प्राप्त गरेको हुनुपर्ने उल्लेख छ।

व्यवस्थापकीय श्रेणीका लागि ३५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको तथा सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारलाई उमेर हदमा ५ वर्ष थप सुविधा दिइने संस्थाले जनाएको छ।

इच्छुक उम्मेदवारले हस्तलिखित निवेदन, बायोडाटा, शैक्षिक योग्यता, अनुभव र नागरिकताको प्रतिलिपिसहित vacancykalika83@gmail.com मा वा संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।

दरखास्त दिने अन्तिम मिति २०८३ भदाै ५ गते कार्यालय समयभित्र तोकिएको छ। लिखित परीक्षा नराखी सर्टलिस्टमा परेका उम्मेदवारको अन्तर्वार्तामार्फत अन्तिम छनोट गरिने सूचनामा उल्लेख गरिएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif