nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

२५ मीटरको विरोधः मुआब्जा देऊ कि वैकल्पिक बाटो खुलाऊ

राजमार्ग छेउको २५ मीटर भित्र पर्ने निजी सम्पत्तिको मुआब्जा नदिई सडक विस्तार गर्न लागेको  सूचनाको विरोध भएका मकवानपुरको सदरमुकाम हेटौडामा विरोध भएको छ । सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम सडक अन्तर्गतको हेटौडा बजारको दायाँ बायाँ २५÷२५ मीटर भित्रको निजी सम्पत्ती खाली गर्न भन्दै सूचना जारी गरेको थियो । विरोध स्वरुप हेटौंडामा ¥याली सहित बजार बन्द गरिएको थियो । 

सडक ऐन नबन्दै पूर्वपश्चिम राजमार्ग बन्नु अघि नै विक्रम सम्वत २०११ साल देखि नै बसोबास गर्दै आएको एवम् नगरपालिकाले सम्पत्ति कर लिईरहेको र सडक डिभिजन कार्यालयले भन्दै आएको २५ मीटर भित्रका घरजग्गाको लालपूर्जा व्यक्ती कै नाममा रहेका छन् । राज्यलाई हालसम्म पनि नियमानुसार मालपोत कर तिर्दै आएको तथा मालपोत कार्यालयबाट खरीदबिक्री समेत हुदै आएकोले ती जग्गा निजी सम्पत्ति रहेकोले राज्यले लिनुपर्दा क्षतिपूर्ति मुआब्जा दिनु पर्ने हेटौडा बसोबास संरक्षण समितिका संयोजक राजकुमार न्यौपानेले बताएका छन् । बैकल्पिक मार्गको अवधारणा आए त्यसको लागि आफूहरु सकारात्मक रहेको समेत बताएका छन् । 

विरोध सभामा उद्योगी, व्यवसायी, घरधनी लगायत विभिन्न राजनैतिक पार्टीका जिल्ला स्तरीय नेता हरुको सहभागिता रहेको थियो । विरोध सभालाई सम्बोधन गर्दै नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर ३ का सांसद अनन्त पौडेलले मुआब्जा नदिई व्यक्तीगत संरचना राज्यले भत्काउन नदिने बताउनु भएकोछ । सडक र नापी आउनु अघि बसेको बस्ती सडकको हुनै नसक्ने सांसद पौडेलको धारणा रहेकोछ ।  

विरोध सभामा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा माले लगायत राजनैतिक दलहरुले समेत ऐक्यबद्धता व्यक्त गरेका छन् ।  सञ्चार उद्यमी उज्वल चौलागाईले सञ्चालन गर्नु भएको सभामा मउवासंघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, महासचिव महेन्द्र राउतले आफ्नो धारणा राखेका थिए ।

केही दिन अघिबाट सडक डिभिजन कार्यालयले २५ मीटर भित्र पर्ने सरकारी स्वामित्वका भौतिक संरचना भत्काई सकेको छ भने, निजी घरटहरा हटाउन गरेको १५ दिने सूचनाको म्याद माघ ३ गतेबाटै सकिदैछ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)