nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

२४ घण्टामा ४८४ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २४ हजार नाघ्‍यो

gautam-1597229967.jpg

नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्याले २४ हजार नाघेको छ । 

पछिल्लो २४ घण्टामा नेपालमा ४८४ जनामा कोरोना  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६ सय १३ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४८१  जनाको पीसीआर परीक्षण गरिएको छ। 

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८।४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। 

मृतकको संख्या ९१ पुगेको छ ।  मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् । अहिले क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् ।  नेपालमा १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।   



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)