Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

१० दिनको उपचारपछि कमल थापा अस्पतालबाट डिस्चार्ज

 कोरोना संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइतबार घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि असोज ३० गते चावहिलको ओम अस्पतालमा भर्ना भएका उनी १० दिनको उपचारपछि घर फर्किएका राप्रपाको केन्द्रीय सचिवालयका सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

टाउको दुख्ने,ज्वरो आउने र श्वासप्रस्वासमा समस्या हुने लक्षण देखिएपछि उनको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो ।

थापाको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सिनियर कन्सल्ट्यान्ट पन्मनोलोजिस्ट डा. सुबोध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेशसुन्दर श्रेष्ठ, डा. बिपिन कार्कीलगायतको टिम संलग्न थियो ।

थापाको पछिल्लो पटकको स्वाब परीक्षणको नतिजा भने आएको छैन ।



kamal-thapa-1603630008.gif

फोटो राजाराम बर्तौलाको फेसबुकबाट