nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

होलीको अवसरमा पदमपोखरीमा होली विशेष सांस्कृतिक कार्यक्रम हुने

पदमपोखरी, १५ फागुन । यही फागुन १७ गते परेको फागुपूर्णिमा होलीको अवसरमा मकवापनुरको पदमपोखरीमा होली विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी, बाँडाचौरमा लाईभ म्यूजिक, नृत्य र ब्याण्ड पर्फोमेन्स सहितको कार्यक्रम गर्नका लागि तयारी गरिएको कार्यक्रम संयोजक सुशन रुम्बाले जानकारी दिए ।

कार्यक्रम सगरमाथा युवा क्लबको आयोजनामा हुन लागेको हो । बाँडाचौरमा बिहान ११ बजेदेखि हुने कार्यक्रमका लागि अहिले पनि विभिन्न तयारीहरु भइरहेका छन् । कार्यक्रममा अण्डर साइड पदमपोखरी र अस्त्र ब्याण्डको लाईभ म्यूजिक कन्सर्ट हुनेछ । त्यस्तै चर्चित स्थानीय गायक धिरेन लामा र गायिका सुजना रुम्बाले गायन प्रस्तुति दिनेछन् ।

कार्यक्रममा कलिउड क्रियु, रेड डेभिल्स् क्रियु र वाईबा गल्र्र्सको आर्षक नृत्य प्रस्तुति समेत समावेश हुनेछ । हेटौँडा बजारसहित, पदपोखरी, हात्तिगौँडा, भोर्ले, मनहरी गाउँपालिकाका विभिन्न वडा सहित रातोमाटे, हटिया कमाने र जिल्ला बाहिरका दर्शकहरु समेत सहभागी हुने कार्यक्रमलाई भव्य बनाउन लागि लाईभ कन्सर्टका साथै होली खेल्ने कार्यक्रम पनि तय गरिएको आयोजकले जनाएको छ ।

–चन्द्र घलान