Tuesday, 16th June, 2026
वि.स.

हेटौंडा इजलासद्वारा ६२ प्रतिशत मुद्दाको फैसला

222-1596261193.jpg

 उच्च अदालत पाटन हेटौंडा इजलासले आर्थिक वर्ष २०७६र७७ मा ६१ दशमलव ९४ प्रतिशत मुद्दाको फैसला गरेको छ ।

एक वर्षको अवधिमा ६ सय ६४ वटा मुद्दाको फैसला गरिएको अदालतका रजिष्टार विकास श्रेष्ठले जानकारी दिए । अदालतमा दर्ता भएका एक हजार ७२ वटा मुद्दा मध्येमा चालु आर्थिक वर्षमा ४ सय ८ वटा मुद्दा जिम्मेवारी सरेर आएका छन् ।

गतआर्थिक वर्षमा २ सय ८१ वटा मुद्दाको जिम्मेवारी सरेर आएका थिए । नयाँ दर्ता भने ७ सय ९१ वटा परेका छन् । उच्च अदालत पाटन हेटौंडा इजलासले वार्षिक ९ सय ३९ वटा मुद्दाको फैसला गर्ने लक्ष्य राखेको भएपनि ६ सय ६४ वटा मुद्दाको फैसला मात्र गर्न सफल भएको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०