nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडामा बालबालिकाको क्षमता मूल्याङ्कन कार्यशाला 

बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्र्सोटियमं) नेपालको आयोजना, प्लान इन्टरनेशनल नेपालको सहयोग र बालकल्याण समाज मकवानपुरको सहकार्यमा आज मकवानपुरको हेटौंडामा बाल सहभागिता अभिमुखीकरण तथा बालबालिकाको क्षमता मूल्याङ्कन सम्बन्धि कार्यशाला भएको छ । 

बाल कल्याण समाज मकवानपुरका अध्यक्ष डा. गणेश लामा बलको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यमा कार्यशाला भएको हो ।  कार्यशालामा मकवानपुरका बालक्लव, युवा समूह र किशोरी समूहमा आबद्घ भएकाहरुको सहभागिता रहेको जनाइएको छ । 
कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले बालबालिकाको सवालमा काम गर्दा स्थानीय तहसंग समन्वय गरेर सामाजिक संस्थाहरुलाई आग्रह गरे । मकवानपुरमा विगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा क्रियाशील बालकल्याण समाजले बालअधिकार र बाल संरक्षणका क्षेत्रमा पु¥याएको योगदानको उनले प्रशंसा गरे । उनले बालबालिकालाई समयमै आफ्नो भविष्य निर्माणमा ध्यान दिन आग्रह पनि गरे । ‘बालबालिकाले के सही र के गलत छुट्याएर समयमै आफ्नो भविष्य निर्माणमा लाग्नुपर्ने छ । ’ खुलालले भने, ‘अन्यथा जीवनमा दुःखद् परिणती पनि निम्तन सक्छ ।’ 

कार्यशालामा कन्र्सोटियमका केन्द्रिय सदस्य प्रकाश खतिवडाले बालबालिकाको क्षमता बढाउदै बाल अधिकारको सवालमा आवाज उठाउनसक्ने उद्घेश्यका साथ आफूहरुले कार्यशाला आयोजना गरेको बताए । कार्यक्रममा कन्सोर्टियमका कार्यक्रम संयोजक सरोज आचार्य, बाल कल्याण समाज मकवानपुरका अध्यक्ष डा. गणेश लामा बल, संस्थाका कार्यक्रम प्रबन्धक कमल फुयाल लगायतले आफ्नो धारणा राखेका थिए ।

कन्र्सोटियमका मूल्याङ्कन तथा अनुगमन अधिकृत अजना गौतम, प्लान इन्टरनेशनल नेपाल मकवानपुरका लैङ्गिक तथा बाल अधिकार संयोजक राम खत्री, जन सेवा नेपाल रौतहटका अध्यक्ष कोपिला तिमल्सिना लगायतको आतिथ्यता रहेको कार्यशालामा प्रशिक्षक नीना महर्जले सहजीकरण गरेका थिए ।  
  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)