Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडाको रंगशालामा स्थापना गरिएको आइसोलेसन सञ्चालनमा

gauritar-1597474879.jpg

बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाईरस (कोभिड १९) संक्रमणमा बृद्धि भएपछि हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ गौरिटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरिटार रंगशाला) क्षेत्रमा रहेको ब्वाईज होष्टललाई आजबाट कोरोना आइसोलेसन वार्डको रुपमा संचालन गरिएको छ ।

कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुलाई राख्न शनिबारबाट सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा कोरोना संक्रमित नअट्ने भएपछी गौरिटारको रंगशालामा पनि राखिएको उनले बताए । विद्यालयबाट आइसोलेशन हटाउने भएपनि तत्काल कोरोना संक्रमित बढ्दै गएको र विद्यालयको पठनपाठन सुरु भइहाल्ने अवस्था नभएकाले दुवै स्थानमा आइसोलेसन संचालनमा ल्याइएको उनले बताए ।