Friday, 19th June, 2026
वि.स.

हेटौँडामा र्‍यापिड टेष्टमा पोजेटिभ देखिएको चारजनाको पिसिआर रिर्पोट आज आउने

corona-test-1587103949.jpg

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा भएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा पोजेटिभ रिर्पोट आएका चारजनाको स्वाब परिक्षणको रिर्पोट आज आउने भएको छ ।  

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका तिनजना पुरुष र एकजना महिला विदेशबाट आएको पाईएको छ । आरडिटि टेष्टमा पोजेटिभ देखिएकी महिला भने भारतकी हुन । उनी हेटौँडा ४ मा आफन्तको घरमा आएकी थिइन् ।अर्का ६७ वर्षका पुरुष हेटौँडा २ का हुन । उनी भारत गएर फर्किएका थिए ।

भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ बर्षिय एक युवक र साउदी अरबबाट फर्किएका ३२ बर्षीय एक युवक मा समेत पोजेटिभ देखिएको हो ।पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि हिजो नै हेटौँडामा रहेको प्रयोगशालामा लगिएको थियो । उनीहरुको रिर्पोट आज आउने कोरोना आईसोलेसन वार्डका संयोजक भोलाप्रसाद चौँलागाईले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

corona-test-1587103951.jpg