Monday, 31st August, 2026
वि.स.

स्वास्थ्य मन्त्रालयले सच्यायो कोरोना संक्रमितको संख्या

m-1589433606.jpg

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा कोभिड–१९ पुष्टिको विवरण दोहोरिएको पाइएको छ । आज बिहान मन्त्रालयले निकालेको विवरणमा धनुषा, महोत्तरी र सर्लाहीमा थप ५ जनामा संक्रमण पुष्टि गरेको विवरण त्रुटिपूर्ण पाइएको छ ।

धनुषामा २, महोत्तरीमा २ र सर्लाहीमा १ गरी ५ जनामा कोरोना संक्रमण भएको पुष्टि मन्त्रालयले मंगलबार नै गरिसकेको थियो ।

आज बिहीबार मन्त्रालयले तीनवटै जिल्लाका उही व्यक्तिलाई ठाउँमात्रै खुलाएर ५ जनामा थप संक्रमण देखिएको विज्ञप्ति निकालेको छ ।

जिल्लामा कोरोना संक्रमणको संख्या थपिएको नभई मन्त्रालयको सुचनामा त्रुटि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

जिल्लाका फोकल पर्सन गिरेन्द्र झाले पनि जिल्लामा नयाँ व्यक्ति नथपिएका र मन्त्रालयको सुचना त्रुटिपूर्ण भएको बताए । महोत्तरीमा संक्रमण ४ पुग्यो भन्दै आएका समाचार भ्रमपूर्ण रहेको पनि झाले बताए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीेले पनि प्रेस विज्ञप्ती नै जारी गरी त्रुटी भएको स्वीकार गरेका छन् । उनले कुल संक्रमितको संख्या २४५ नै रहेको स्पष्ट पारेका छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०