nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सन्पन्न

28537872_2021172488103247-1520160856.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आइतबार नगरप्रमुख लबशेर बिष्टको प्रमुख आतिथ्यतामा स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सन्पन्न भएको छ । महँगो बन्दै गएको स्वास्थ्य सेवामा आमनागरिकको पहुँच स्थापित गर्न हरेक नागरिकले ‘स्वास्थ्य बिमा’ मा आबद्ध हुनुपर्ने अवधारणा अनुरुप मकवानपुरमा पनि सञ्चालन भै रहेको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभाबकारी बनाउनका निमित्त कार्यक्रम सञ्चालन गरिएको मकवानपुर जिल्लाका स्वास्थ्य बिमा दर्ता अधिकारी शुष्मा आचार्यले बताइन । केही महिना अघिमात्र सचेतनाको कमिको कारण निक्कै नै न्युन मात्रामा बिमाको कार्य भएकोले अब चाँडै नै जनचेतनाका कार्यक्रम ल्याउने तयारमा रहेको दर्ता अधिकारी आचार्यले बताएकी थिइन । सोही अनुरुप नै बिमाबारे उचित ज्ञान नहुदा न्यून प्रतिशतमात्रै बिमितहरु रहेका कारण मकवानपुरका बिभिन्न स्थानहरुमा स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै हिडेको बताइन । उनका अनुसार मानिसहरुमा सरकारी स्वास्थ्य संस्था प्रति अभिरुची तथा अबिश्वास रहेको कारण पनि बिमा गर्न नमान्ने गरेको पाइएको छ ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि बिष्टले नेपाल सरकारले बिपन्न परिवारको लागि कार्ड नदिए सम्म नगरपालिकाले गर्न सक्ने कुरामा ब्यवस्था गर्ने बताउनु भयो । साथै उनले नगरमा बिमाको कार्यक्रमलाइ तिब्ररुपमा अघि बढाउनका निम्ति स्वास्थ्य बिमा बोर्ड संग समन्वय गरेर जाने बताए । 
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।