Saturday, 16th January, 2021
वि.स.

स्वर्गीय पूर्व सांसद लामाप्रति प्रधानमन्त्रीको श्रद्धाञ्‍जली

Biraaa-1604837454.jpg

पुराना वामपन्थी नेता बीरबहादुर लामाको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रधानमन्त्रीले २३ कात्तिकमा ट्वीटमार्फत लामाको निधनमा समवेदना व्यक्त गरेका हुन्। 

“प्रतिनिधिसभाका पूर्व सदस्य, जिविस मकवापुरका पूर्व सभापति बीरबहादुर लामाको निधनको खबरले दुःख लागेको छ”, प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्, “पञ्चायती व्यवस्था विरोधी तथा राजनीतिक, सामाजिक परिवर्तनको आन्दोलनका योद्धा, दिवंगत लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”

लामा नख्खु जेल विद्रोहका चर्चित योद्धा हुन्। ललितपुरको पाटन अस्पतालमा उपचाररत ७० वर्षीया लामाको  विहान ४ बजे निधन भएको थियो।