Monday, 15th June, 2026
वि.स.

सिन्धुपाल्चोकमा ज्यारोको प्रकोप: लक्ष्ण मिल्दैमा कोरोना हुन्न

SINDHUPALCHOK_bHj76rPOXI-1581498364.jpg

जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईँले कोरोनाको जस्तो लक्षण देखिएको भए पनि सामान्य भाइरल मात्रै भएको हुन सक्ने बताए । तर यसबारे आफूहरुले अध्ययन गरिरहेको र गाउँमा चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए । 

उनका अनुसार गाउँमा कोही आएको या नआएको बारे थप बुझ्न लगाएको र अध्ययन भइरहेको छ ।  त्यस क्षेत्रमा देखा परेको भाइरल सङ्क्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मी परिचालन गरिएको छ । बिरामीमध्ये १० जना निको भएको र केहीको उपचार भइरहेको प्रमुख चापागाइँले बताए । गाउँमा एक सय ५० जनामा रुघाखोकी र ज्वरोको प्रकोप देखिएकोमा एक जना सिकिस्त रहेको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए  । त्यहाँ गएको तीन दिनदेखि बिरामीको सङ्ख्या बढेको र गुम्बागाउँमा दुई जना स्वास्थ्यकर्मीसहित आवश्यक औषधि र अरु सामग्री पुगेको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिए ।  

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यहाँको स्वास्थ्य समस्याबारे अध्ययन गर्ने काम भइरहेको जनाएको छ । २९ माघ बिहान मन्त्रालयमा गाउँपालिकाको पत्रबारे छलफल भएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ ।

लक्षण मिले पनि कोरोना हुन सक्ने सम्भावना निकै कम रहेकाले नआत्तिन पनि सचिवालयले सबैसँग आग्रह गरेको छ । चीनसँग सीमा जोडिएको भए पनि त्यहाँ दुई महिनादेखि नाका बन्द भएकाले चीनबाट मानिस आउने सम्भावना नै नभएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०