Tuesday, 16th June, 2026
वि.स.

सिन्धुपाल्चोकको पहिरोमा ३८ जना बेपत्ता

shindupalckok-1597391114.jpg

सिन्धुपाल्चोकको जुगल–२ लिदिको लामा टोलमा पहिरोमा परेर ३८ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परेका मध्ये ३८ जना सम्पर्कमा नआएको र ८ जना गम्भीर घाइते रहेको वडाध्यक्ष प्रताप लामाले जानकारी दिए ।

घाइतेहरूको काठमाडौं र सिन्धुपाल्चोकमा उपचार भइरहेको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पनि लिदि पुगेका छन् ।वडाध्यक्ष लामाका अनुसार सुरक्षाकर्मी र स्थानीयले उद्धार कार्य जारीराखेका छन् । पहिरोले ३७ घरमा क्षति पुर्‍याएको उनले बताए ।

जुगल गाउँपालिकाले साउन २२ गते लिदिका १७२ पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको थियो । पालिकाका अनुसार वडा नम्बर २ कै सानोनाम्फा, सुकुली, सञ्चगाउँ, भुल्के, निम्लुङ, बैगाङ टोल पनि पहिरोको जोखिममा छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०