nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

सहयोगीको साधारणसभामा सहकारी मर्जको सवाल

Sahayogi-1538271704.jpg

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले नगरमा सहकारी मर्जको सवाल उठाएका छन् । मिल्ने–मिल्ने विषयगत सहकारीहरुबीच मर्ज भएर ठूलो भोल्यूममा काम गर्न सकिने भएकोले यसको आवश्यकता रहेको औल्याएका हुन् । थाहा नगरपालिका ओखरबजारमा रहेको सहयोगी बचत तथा ऋण सहकारी स.स्थाको एघारौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै विष्टले यस्तो बताएका हुन् । उनले सहकारीको लगानीको अनुगमन कमजोर भएकोले सहकारीहरुले आफ्ना लगानीको अनुगमन गरेर प्रभावकारीता बढाउन आग्रह गरे । 

थाहा नगरपालिका–१ का वडा अध्यक्ष हेरमान गोपालीले सहकारीले सामुदायिक क्रियाकलापमा पनि आफ्नो उपस्थिती बढाउन आग्रह गरे । कृषि र व्यवशायमा लगानी गरिरहेका सहकारीहरुले अब ढुक्कसाथ पर्यटन उद्योगहरुमा समेत लगानी गर्न आग्रह गरे । 

साधारण सभामा थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, गौतम बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष उर्मिला भट्ट, पालुङ बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष बिमलकुमार ढकाल, पालुङ मोर्डन स्कुलका सस्थापक अध्यक्ष गणेशमान श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

सस्थाका अध्यक्ष अञ्जल प्रधानको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाबाट उत्कृष्ट कारोबार गर्नेहरु थाहा २ का बाल सदस्य प्रशुना प्रधान, थाहा १ का बसन्ती प्रधान, थाहा ४ का नारायण बिश्वकर्मा, थाहा ३ का बिमला रायमाझी र थाहा १ का माधब प्रसाद बिडारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।